MENU

मेची र कोशीमा हाेटलका लागी थपिँदै ३५ अर्ब

hotewlविराटनगर । प्रदेश-१ का मेची र कोशी अञ्चलमा होटेल व्यवसायमा लगानी थपिने क्रम बढेको छ । हरेक वर्ष सुविधा सम्पन्न होटेल निर्माण तीव्र छ ।लगानीको जोखिम कम र मुनाफा बढी हुने भएकाले ठूला व्यापारिक घराना पनि उक्त व्यवसायमा आकर्षित हुन थालेका छन् । यस वर्ष मात्र नयाँ तारे होटेलका लागि ३५ अर्ब रुपैयाँभन्दा बढी लगानी थपिएको छ । पाँच वर्षको अन्तरालमा यस क्षेत्रमा ५० अर्ब लगानी भइसकेको छ ।भारतीय सीमानजिकका झापाको काँकडभिट्टा र मोरङको रानीदेखि पूर्वी पहाडी जिल्लाहरु धनकुटा, ताप्लेजुङ, संखुवासभालगायतमा लगानी थपिँदो छ ।धनकुटाको हिलेमा पहिलोपटक आठ करोड लागतमा सुविधासम्पन्न तीनतारे होराइजन माउन्टेन रिसोर्ट खुलेको छ । उक्त रिसोर्ट वर्षदिनअघि सञ्चालनमा आएको हो ।विराटनगरका होटेल व्यवसायी रेवतबहादुर थापाले ४८ रोपनीमा ४२ कोठाको रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । उनी प्रदेश-१ मा उक्त व्यवसायका सबैभन्दा ठूला लगानीकर्ता मानिन्छन् ।

विराटनगरस्थित होटेल रत्नाका सञ्चालक हुन्, थापा । कोशी करिडोर घुम्न आउने पर्यटकका लागि हिलेमा सुविधा सम्पन्न रिसोर्ट खोलिएको उनको भनाइ छ । गुराँसको राजधानी मानिने तीनजुरे-मिल्के-जलजले क्षेत्रको प्रवेशमार्गमा पर्छ, हिले ।पाँच करोड लगानीको होटेल रत्नामा ५६ कोठा छन् । त्यसलाई स्तरोन्नती गर्ने योजनामा छन्, उनी । २५ करोड रुपैयाँ थपेर प्रदेश-१ कै ठूलो होटेल बनाइँदैछ, रत्नालाई । आगामी १ वैशाखदेखि सञ्चालन गर्ने लक्ष्यसहित ७५ वटा कोठा थप्दैछन्, उनी ।पहाडी जिल्लाहरुमा ४० भन्दा बढी सुविधा सम्पन्न होटेल सञ्चालनमा आएका छन् । पाँच वर्षयता खुलेका ती होटेलमा दुई करोडभन्दा बढी लगानी छ ।होटेल व्यवसायी महासंघ मेचीका केन्द्रीय सदस्य छिरिङ शेर्पाका अनुसार मेची र कोशी करिडोरमा खुलेका होटेलहरुमा दुई सय वटा सुविधा सम्पन्न कोठा छन् ।‘आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढेसँगै लगानीकर्ताले लाभ उठाउन थालिसकेका छन्,’ शेर्पा भन्छन् । ती होटेलले पूर्वी पहाडी भेगको आर्थिक गतिविधिमा टेवा पुर्‍याइरहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश-१ का उपाध्यक्ष राजेन्द्र राउत बताउँछन् ।होटेलको शृंखलावद्ध लाभ किसानसम्म पुग्ने भएकाले स्थानीय अर्थतन्त्रको चर्खा चलाउन कोशेढुंगा सावित हुने उनको ठम्याइ छ । ताप्लेजुङ, इलाम र पाँचथरमा पर्यटकलक्षित २० वटा होटेल खुलेका छन् ।कोशी करिडोरअन्तर्गत् धनकुटा, तेह्रथुम र संखुवासभामा पनि २० वटा होटेल सञ्चालनमा आएका छन् । कान्जिरा, याक, सुरवी, शीतल निवास, लालीगुराँस, भेडेटार भ्यू, मनशान्त, अरुण भ्याली, गि्रन हेवनलगायत यस क्षेत्रका केही चलेका होटेलमध्येमा पर्छन् ।यस्तै, मेची करिडोरअन्तर्गत् गि्रन भ्यू, वेलकम, चियाबारी कटेज, मेवा खोला रिसोर्ट, स्नोलियो पार्क, सरगम, सुमितलगायत चलेका ब्रान्ड बनेका छन् ।

प्रतिक्रिया दिनुहोस