MENU

पाइपलाइनमा २० वटा पर्यटकस्तर तारे होटेल

starhotelपाइपलाइनमा २० वटा पर्यटकस्तर तारे होटेल

प्रदेश-१ का १४ जिल्लामा महासंघमा आवद्ध पाँच हजारभन्दा बढी होटल छन्ा् । तीमध्ये साना-ठूला गरी एक हजारभन्दा बढी पर्यटकस्तरका छन् ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको प्रदेश-१ का उपाध्यक्षसमेत रहेका व्यवसायी थापाका अनुसार मेची-कोशीमा २० वटा तारे होटेल निर्माणाधीन छन् ।

यसअघि अधिकांश होटेलले सुरक्षा संवेदनशीलता भएका विशिष्ट पाहुनालाई सेवा दिन सक्दैनथे । ‘अब ती दिन इतिहास हुँदैछन्,’ थापा भन्छन् ।

उनका अनुसार १० वटा पाँचतारे स्तरका होटेल सञ्चालनमा आएका छन् । तिनमा १५ करोडदेखि एक अर्बभन्दा माथिको लगानी छ ।

ठूला लगानीकर्ताको होटेल व्यवसायमा आकर्षण

पछिल्ला वर्षमा ठूला औद्योगिक घरानाले पनि उक्त व्यवसायमा हात हालेका छन् । अन्य उद्योगधन्दाको तुलनामा कम झण्झटिलो व्यवसाय भएकाले उनीहरु तानिएका हुन् ।

सेन्चुरी, गोर्खा डिर्पाटमेन्ट स्टोर्सलगायतले होटेल व्यवसायमा हात हालेका छन् । सेन्चुरी मसलालगायतको खाद्य उत्पादनमा लगानी गर्दै आएका उद्योगी मोती दुगड विराटनगरमा दुई वटा ठूला होटेल निर्माणमा जुटेका छन् ।

विराटनगर-३ तीनपैनीमा उनले ४० करोड लागतमा एक वर्षअघि होटेल ह्यारिसन सञ्चालनमा ल्याएका छन् । ४० कोठाको उक्त चारतारे होटेलपछि उनी एक अर्ब २० करोड लागतमा

‘यो सेवामूलक क्षेत्र हो । होटेलबिना पर्यटन क्षेत्र उठ्न सक्दैन,’ दुगड भन्छन्, ‘त्यही भएर यता हात हालेको हुँ ।’

इटहरीस्थित गोर्खा डिर्पाटमेन्ट स्टोर्सका सञ्चालक बलराम आचार्यसहितको समूहले ७० करोड लागतमा होटेल गरिमा निर्माण गरिरहेको छ, जुन यही वर्ष सञ्चालनमा ल्याउने लक्ष्य छ । उक्त होटेल पाँचतारे स्तरको रहने आचार्य बताउँछन् ।

तीन महिनाभित्र सञ्चालनमा आउने गरी विराटनगरमा तीनतारे होटेल निर्माणाधीन छ । २० करोड लागतको होटेलमा ५३ वटा कोठा रहने सञ्चालक वीरेन्द्रबहादुर न्यौपाने बताउँछन् । उनका साझेदार छन्, रुक्मणिराज भण्डारी । दुवै निर्माण व्यवसायी हुन् । र, जलविद्युतका लगानीकर्ता पनि हुन् ।

‘प्रदेश-१ धार्मिक, प्राकृतिक र सांस्कृतिक पर्यटन हबका रुपमा चिनिन्छ,’ विराट क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिका अध्यक्ष डिल्लीराम शर्मा अधिकारी भन्छन्, ‘निकट भविष्यमै पर्यटकीय गतिविधि अझ बढ्न आकलनका कारण लगानी थपिएको हो ।’

प्रतिक्रिया दिनुहोस