MENU

एनएमएले हेली मार्शलिङ तालिम संचालन गर्दै

काठमाण्डौ, नेपाल पर्वतारोहण संघले आगामी चैत्र १२ देखी १४ गतेसम्म हेली मार्शलिङ तालिमको तेस्रो संस्करण आयोजना गर्ने भएको छ । नेपालको पर्वतारोहण र टे«किङ क्षेत्रमा आपतकालिन उद्धारको लागि सवैभन्दा भरपर्दो माध्यम हेलिकप्टर रहदै आएको छ । सहि समयमा सुचना पाएको खण्डमा दु्रत गतिमा पर्यटकको उद्धारमा खटिने हेलिकप्टरको बारेमा पथप्रदर्शकहरुलाई समेत प्राविधिक ज्ञान दिने उदेश्यले तालिम आयोजना गर्न लागिएको एनएमएका महासचिव कुलबहादुर गुरुङले बताउनु भयो ।

पहिलोपल्ट टे«किङ गाईडहरुलाई समेत समावेश गराउन लागिएको तालिम कार्यक्रम दुई दिन काठमाण्डौ र अन्तिम दिन प्रयोगात्मकको लागि ककनीमा अभ्यास गराउने गुरुङले बताउनु भयो । पर्वतिय पर्यटकको संख्या बढेसँगै यसको सुरक्षा र उद्धारको विषयले पर्यटकहरुलाई चासो राख्ने गरेको पाइन्छ । एनएमएको नयाँ कार्यसमितिले क्षमता अभिवृद्धि तथा नयाँ विषयहरुको तालिम कार्यक्रम संचालनलाई प्राथमिकतामा राखेको छ ।

Nma

प्रतिक्रिया दिनुहोस