MENU

कला, सस्कृति र पर्यटन प्रवद्धन गदै एसिसिएसी

काठमाण्डौ, नेपाली मौलिक कला तथा संस्कृतिलाई अन्तराष्ट्रियकरण गर्ने उदेश्य सहित काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा एक्सिसेवल आर्ट एण्ड कल्चर नामक संस्थाको स्थापना भएको छ ।

नेपाली संस्कृतिलाई विदेशी संस्कृतिसँग परिचित गराउने र विदेशी संस्कृतिका राम्रा पक्षहरुलाई नेपाली संस्कृतिले पनि अवलम्बन गर्नका लागि सहकार्यको रुपमा कार्यक्रम अगाडी बढाउन लागिएको संस्थाका अध्यक्ष शुशिल फुँयालले बताउनु भयो । संस्थाको कोषाध्यक्षमा प्रेम बल्लभ विष्ट, सचिवमा गुणश्री रञ्जित तथा सदस्यहरुमा लक्ष्मण चन्द, सुस्मिता लामिछाने, नारायणी रिजाल र अमृता रिजाल हुनुहुन्छ ।

निकट भविष्यमा एसियाका देशहरुको सहभागितामा वृहत सांस्कृतिक कार्यक्रम गर्ने तयारी भइरहेको संस्थाले बताएको छ । पर्यटन प्रवद्धनलाई सघाउ पुग्ने गरी नेपाली कलाकारहरुलाई विदेश लैजाने तथा विदेशी कलाकारहरुलाई नेपाल भ्रमण गराउने संस्थाका अध्यक्ष फुँयालले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस