MENU

ओशो डिभाइन टेम्पल तपोवनमा निशुल्क संत्संग कार्यक्रम हुदै

काठमाण्डौ, ओशो तपोवनबाट २०० मिटर अगाडी भ्यू टावर गेट नजिकै ओशो डिभाइन टेम्पल निमार्ण भएको छ । ओशोको अनुयायी स्वामी बासु गौलीले निमार्ण गर्नुभएको ४ तल्ले टेम्पलमा बैशाख २१ शुक्रबारको दिन साँझ सत्संग सँगै टेम्पलको उदघाटन गर्न लागिएको गौलीले बताउनु भयो । टेम्पलको उद्घाटन अशोक भारतीले गर्नुहुनेछ । ४ बजेदेखी ६ बजेसम्म हुने संत्संगमा निशुल्क प्रवेशको व्यवस्था छ ।

एक वर्ष अगाडीबाट निमार्ण सुरु गरिएको ओशो डिभाइन टेम्पलमा योग तथा ध्यानका नियमित कार्यक्रम संचालन हुनेछ । जंगलको हरियाली, नजिकै खोल्सामा बग्ने पानी तथा धुवाँ धुलोको कम असर रहेको टेम्पलमा आवासिय रुपमा समेत बस्ने प्याकेजहरु निमार्ण गरिने गौलीले बताउनु भयो । पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुले ध्यानको लागि .उपयुक्त स्थान खोजि गरिरहेकोले सो स्थान उपयुक्त हुने गौलीको विश्वास छ ।

31345176_10156246638729194_7898574380672745472_n

31298665_10156246635529194_7196659665172692992_n

प्रतिक्रिया दिनुहोस