MENU

माओवादी सशस्त्र युद्धको उत्कर्षभूमिमा गुरिल्ला पदमार्ग

 

काठमाडौं, २०५२ सालबाट सुरु भएको सरकार र माओवादी आन्दोलन तथा त्यसको सवैभन्दा बढि प्रभावित क्षेत्रलाई लक्षित गरेर गुरिल्ला पदमार्ग संचालनमा ल्याउन पदमार्ग भ्रमण कार्यक्रम हुने भएको छ । नेपाल मगर पर्यटन समाजको सक्रियतामा कार्यक्रम आयोजना हुन लागेको अध्यक्ष अनुप थापामगरले पत्रकार सम्मेलन गरी जानकारी दिनु भएको छ ।

32190854_2050239525256083_3846553739427053568_n

नेकपा माओवादीले १० वर्षे सशस्त्र युद्ध सञ्चालन गर्दा मुख्य आधार क्षेत्रकाका रुपमा रहेको रोल्पा, रुकुम, बाग्लुङ, म्याग्दी जिल्लालाई केन्द्रित गरेर नयाँ पदमार्गको खोजी गर्न थालिएको नेपाल मगर पर्यटन समाजका महासचिव जीवन थापा मगरले जानकारी दिनु भयो । युद्धग्रस्त क्षेत्रको स्मरण र त्यस क्षेत्रमा पर्यटकिय गतिविधि बढाउँदै शान्ति र विकासको सन्देशको लागि पदमार्ग कोसेढुङगा हुने विश्वासको साथ कार्यक्रम आयोजना गर्न लागिएको महासचिव मगरले बताउनु भयो ।
जेठ ११ देखी सुरु हुने पदयात्रा ९ दिनमा सकिने राजकुमार थापाले बताउनु भयो । हालैमात्र सो क्षेत्रको भ्रमण गरी आउनु भएका थापाले पर्यटकिय सम्भावना र सांस्कृतिक क्रान्तिको लागि पदयात्राले उर्जा प्रदान गर्ने बताउनु भयो । विशेषगरी मगर, गुरुङ लगायतको बस्ति रहेको सो क्षेत्रमा हालसम्म पर्यटकिय गतिविधि हुन सकेको छैन । नेपालका पहाडी गाउँ विशिष्ट पर्यटकिय सम्भावनायुक्त रहँदा रहदै पनि उचित प्रचार प्रसार र आवश्यक पूर्वाधारको अभावमा ओझेलमा परिरहेको समाजका प्रथम उपाध्यक्ष समेत रहनुभएका थापाको धारणा छ ।

रोल्पाको जेल्वाङ, थवाङ, रुकुमको लुकुम, तकसेरा, बाग्लुङको नीसि(भुजी, बुर्जाढोर हुँदै म्याग्दीको बेनीमा पुगेर पदयात्रा समापन हुनेछ । बासस्थानका रुपमा होमस्टेलाई प्रयोग गरिनेछ । अथार मगरात (खाम मगर) क्षेत्रको मुख्य थलो रोल्पा, रुकुममा मगर समुदायको फरक संस्कार, संस्कृति, भाषा, भेषभूषाको अवलोकन, अध्ययन गर्न सकिने सो पदयात्रा नेपाली पर्यटनको लागि नयाँ प्रडक्ट हुनेछ ।

10174981_1415622638717778_5970587981107097745_n

 

 

प्रतिक्रिया दिनुहोस