MENU

तेस्रो लाङटाङ म्याराथुन जेठ ५ गते रसुवामा

काठमाडौं, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले अन्तराष्ट्रिय लाङटाङ म्याराथुनको स्थगित तेस्रो संस्करण जेठ ५ गते हिमाली जिल्ला रसुवामा आयोजना गर्ने तयारी गरेको छ ।

महाभुकम्पबाट सवैभन्दा बढि प्रभावित ट्रेकिङ क्षेत्र लाङटाङमा पर्यटक आर्कषित गर्न कार्यक्रम आयोजना गर्न लागिएको टानका अध्यक्ष नवराज दाहालले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ ।
४२.१९५ किलोमिटरको म्याराथन क्याङजिङ गोम्पादेखि सुरु भई घोडातबेला–लामा होटल–रिम्चे–शेर्पागाउँ–खान्जिम–व्रिदिम–लिङलिङ हुँदै स्याफ्रुवेँसीमा गई टुंगिने टानका प्रथम उपाध्यक्ष जीवन थापा मगरले बताउनु भयो ।

news_download_TAAN-logo1
म्याराथनमा महिला र पुरुष गरी १०० धावक सहभागी हुने बताइएको छ । दुवैतर्फबाट प्रथम हुनेलाई एक लाख पाँच हजार, दोस्रो हुनेलाई ७८ हजार ७५० र तेस्रो हुने विजेतालाई ५२ हजार ५०० नगदसहित पदक र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । खेलकुद पर्यटनलाई प्रवद्धन गर्दै हिमाली भेगमा पाइने दुर्लभ रेड पाण्डा र पर्यावरणिय सचेतनाको लागि कार्यक्रमले ठूलो सन्देश दिने टानका मिडिया संयोजक गोपाल श्रेष्ठले जानकारी दिनुभयो । म्याराथुन कार्यक्रमले टानको  गतिशिलतालाई पुष्टि गर्ने टानका कोषाध्यक्ष रामकृष्ण तिमल्सीनाले बताउनु भयो ।

हिमाली जिल्ला रसुवामा पर्ने लाङटाङ नेपालकै प्रमुख तेस्रो टे«किङ गन्तव्यको रुपमा रहेको छ । पछिल्लो समय तामाङ हेरिटेज टे«ललाई समेत समावेश गरी पदयात्रा गराउँदा रसुवा जिल्लाको जनताको जीवनस्तरमा पर्यटनबाट उल्लेख्य सुधार आउन थालेको रसुवा ट्रेक्सका प्रबन्धक गगनराज न्यौपानेले बताउनु भयो ।
प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड, रसुवा नुवाकोट पर्यटन समाज, युनिक एड्भेन्चर एण्ड गुप,्र ट्रिपल ए होलिडे, ट्रिपल ए ट्रान्सपोर्ट, इन्टरनेशलन चार्टर हेली सर्भिस, नेपाल क्लाइम्बिङ एड्भेन्चर, प्यारामाउन्ट टेन्ट र ट्रापौलिन इन्टरप्राइज, होटल पार्क साइड (चितवन राष्ट्रिय निकुञ्ज), सतोरी एड्भेन्चर प्रा.लि., लाङटाङ री ट्रेकिङ एण्ड एक्सपिडिसन प्रा.लि., स्नोइ होराइजन ट्रेक्स एण्ड एक्सपिडिसन, तेन्जिङ इको ट्रेक प्रा.लि., गोसाइँकुण्ड गाउँपालिका लगायतका संस्थाले सहकार्य गर्ने सम्झौता भएको छ । महाभुकम्पको स्मरण गर्ने गरी बैशाख १२ मा तय गरिएको कार्यक्रम स्थगित भएपछि टानका पूर्वपदाधिकारी तथा पर्यटकिय संघ संस्थाका व्यक्तिले विरोध गरी कार्यक्रम गर्न दवाव दिएका थिए । तेस्रो संस्करण म्याराथुनको आयोजनाले लाङटाङको पर्यटकिय गतिविधिमा उत्साह छाउने टानका निर्वतमान महासचिव कर्ण लामाले बताउनु भयो । अन्य क्षेत्रमा समेत यस्ता गतिविधिलाई विस्तार गर्नुपर्ने लामाको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस