MENU

लायन्स क्लवद्धारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौ, रगतको उच्च माग सँगै आपूर्ति कम हुदै गइरहेको परिप्रेक्ष्यमा आज त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव डिष्ट्रिक ३२५ एटु नेपालको सहकार्यमा लायन्स क्लव अफ नेपाल एभरेष्टको आयोजनामा बिहान ९ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रममा १४० जना स्वयंसेवी रक्तदाताले रगत दान गरेको क्लवका सचिव प्रशान्त ढुङगानाले बताउनु भयो ।
पर्यटन क्षेत्रसँग आवद्ध युवा व्यवसायी आवद्ध व्यतिहरुको क्लवले यसअघि पनि विभिन्न सामाजिक क्रियाकलाप गरिरहेको छ । रक्तदान कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने क्लवका राममणि रिजालले बताउनु भयो ।

 

33984689_1648231148547807_6214565949278781440_n

प्रतिक्रिया दिनुहोस