MENU

पर्वतमा किशोरी तथा युवा महिलाको लागि ३ महिने होमस्टे तालिम संचालन

चुडामणी पौडेल, युवा महिलाहरुलाई शशक्तिकरण गर्ने उदेश्य सहित पर्वत जिल्ला फलेवास नगरपालिका खुम थापाठानामा किशोरी तथा युवा महिलाहरुलाई लक्षित गरी तिन महिने व्यवसायिक होमस्टे तालिम कार्यक्रम संचालन भएको छ ।
युसेप नेपाल, इन्प्रेड नेपाल तथा प्लान इन्टरनेशनलको साझेदारीमा संचालित तालिम कार्यक्रममा २५ किशोरी तथा महिलाहरुको सहभागिता रहेको छ । तालिम कार्यक्रममा खाना बनाउने सिप, उद्घोषणकला, व्यक्तित्व विकास, जीवनउपयोगि सिप, होमस्टे, बजारीकरण लगायतका विषयहरुमा सैदान्तिक तथा प्रयोगात्मक अभ्यास गराइनेछ । सम्बन्धित क्षेत्रका विषयविज्ञहरुको सहभागिताले तालिममा सहभागि युवतीहरुलाई प्रेरणा मिल्ने प्रशिक्षक शिवजीप्रसाद घिमिरेले बताउनु भयो । दैनिक ३ घण्टाको तालिम कार्यक्रमले आफुहरुको आत्मवल वढेको सृजना सुनारले बताउनु भयो । त्यसैगरी सोही संस्थाको आयोजनामा सोही प्रकृतिको तालिम पर्वत जिल्लाकै ठूलीपोखरीमा समेत संचालन भइरहेको छ ।
पर्वत जिल्लामा विभिन्न प्राकृतिक तथा सास्कृति एवम धार्मिक पर्यटकिय स्थलहरु रहेको र सो को प्रवद्र्धनमा होमस्टेले सघाउ पुरयाउने पर्यटन पत्रकार भुमराज तिवारीले बताउनु भयो । स्याङजा र पर्वतको सिमानामा रहेको ठूलीपोखरी तथा खुम लगायतका अन्य स्थानमा समेत होमस्टेको सम्भाव्यता रहेकोले सो स्थानमा समेत होमस्टे संचालन गर्न सकिन्छ । नेपालकै पहिलो होमस्टे सिरुवारी स्याङजा पुग्न ३ घण्टाको पैदल यात्रा गर्नुपर्दछ ।
प्राकृतिक हिसावले सुन्दर थापाठाना तथा ठूलीपोखरी सदरमुकाम कुस्माबाट २ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ । ग्रामिण मोटरबाटोको संजालमा आवद्ध खुम तथा ठूलीपोखरी काठमाण्डौ, पोखरा तथा कुस्माबाट समेत सवारीसाधन मार्फत पुग्न सकिन्छ । विशेषगरी मगर, बाम्हण, क्षेत्री तथा जनजाती सहितको मिश्रित वस्ती रहेको खुमबाट अन्नपूर्ण, माच्छापुच्छे तथा धौवलागिरी हिमालको अवलोकन गर्न सकिन्छ ।

38655876_2163129343962938_3442859524073979904_n

प्रतिक्रिया दिनुहोस