MENU

रानिमाला धादिङमा सात दिने होमस्टे व्यवस्थापन तालिम सम्पन्न

धादिङ पर्यटकिय, सास्कृतिक, एवम् प्राकृतिक रुपमा प्रख्यात रानिमालामा सात दिने होमस्टे व्यवस्थापन तालिम सम्पन्न भएको छ । असार १८ गते सुरु भएको तालिम २५ असारमा सम्पन्न भएको हो । तालिम कार्यक्रममा २६ जना स्थानियले सहभागिता जनाएको घरेलु तथा साना उद्योग विकास समितिका अधिकृत अर्जुन ज्ञवालीले बताउनु भयो । तालिम कार्यक्रममा होमस्टेको अवधारणा, ग्रामिण तथा कृषि पर्यटन, सास्कृतिक कार्यक्रम संचालन, सरसफाई, हाउसकिपिङ, स्थानिय परिकार तथा पर्यटकलाई घुमाउने तरिकाको बारेमा प्रशिक्षकदय भुमराज तिवारी र चन्द्र खाण ठकुरीले सहजीकरण गर्नुभएको थियो । तामाङ संस्कृतिलाई प्रवद्र्धन गर्ने उदेश्य सहित होमस्टे संचालनमा ल्याएको गल्छी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष भरत लामाले बताउनु भयो ।

तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले होमस्टे पर्यटनको नयाँ तर गाउँघरको लागि उपयुक्त अवसर भएकोले सवैले गाउँ प्रवर्दनमा ध्यान दिनुपर्ने बताउनु भयो । घरेलु तथा साना उद्योग विकास समिति धादिङका कार्यालय प्रमुख केदार कुमार खड्काले होमस्टेको सिपले गाउँमै स्वरोजगार सृजना गर्ने र विदेशी रहेका युवा जनशक्तिलाई स्थानिय स्तरमै रोक्न सहयोग पुग्ने बताउनु भयो । घरेलु कार्यालयले अन्य सिपमुलक तालिम समेत संचालन गरिरहेकोले आवश्यकताका आधारमा स्थानिय स्तरमा तालिम संचालन गर्दै जाने बताउनु भयो । घरेलु महासंघका अध्यक्ष विश्वराम दुवाडीले तालिम कार्यक्रमले स्थानियहरुमा हौसला थपिएकोले पर्यटक ल्याउने वातावरण सृजना गर्न आफनो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो । समाजसेवी गोकर्ण रुपाखेतीले रानिमालाबाट देखिने दृश्य अलौकिक रहेको, अग्यानिक स्थानिय परिकार खान पाइने भएकोले संघ संस्था तथा सरकारी कार्यालयका कार्यक्रम रानिमालामा र्गन सुझाव दिनुभयो ।

तालिम कार्यक्रमबाट आफुहरुले पाहुनालाई कसरी खुसी राख्ने र पर्यटकहरुको बसाई लम्व्याउने बारेमा व्यवहारिक ज्ञान प्राप्त गरेको सहभागि सलिना लामाले बताउनु भयो । रासायनिक मलको प्रयोग प्रयोग कम गर्दै अव तरकारी वालिहरु अग्यानिक रुपमा उत्पादन गरी पाहुनालाई खुवाउने गरी होमस्टे संचालन गर्ने मेनुका तामाङले बताउनु भयो । रानिमालामा होमस्टेको संचालनबाट धादिङको गाउँ पर्यटनमा ठूलो टेवा पुग्ने पत्रकार रामेश्वर कार्कीले बताउनु भयो । रानीझरना र रानीमालालाई जोडेर पदमार्गको विकास र विस्तार गर्न सके पर्यटकहरुको वसाई लम्ब्याउन सकिने कार्कीले बताउनु भयो । पृथ्वी राजमार्गको धार्के, नौ किलो वा महादेववेशीबाट उकालो लागि पुग्न सकिने रानिमाला डाँडा सितापाइला भिमढुंगाको पिच हुदै तथा गल्छीबाट कच्ची सडकबाटो बाट पनि पुग्न सकिन्छ । रानिमालाको आतिथ्य संत्कारबाट आफु प्रभावित भएको पर्यटन व्यवसायी नवराज खड्काले बताउनु भयो । पाहुनालाई लक्षित गरी तत्काल सात घरमा होमस्टे संचालनको तयारी रहेको राजेन्द्र तामाङले बताउनु भयो ।

next home stay photo

प्रतिक्रिया दिनुहोस