MENU

रारा घुम्न जाने पर्यटक बढे

रारा घुम्न जाने पर्यटककाे संख्यामा बृदि भएकाे छ। हिमाल, वरीपरि हरीयाली जंगल, बिचमा सुन्दर  रारा ताल समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको मुगुको रारा तालले पर्यटकलाई  लोभ्याएको छ । मुगु सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किलाे मिटर लम्बाई र ३ मिटर चौडाईमा फैलिएको १६७ मिटर गहिरो रारा ताल हेर्ने पर्यटकहरु दैनिक रूपमा बढेका छन् । दशैँ लगतै  रारा हेर्ने पर्यटकको भीड हवात्तै बढेको हो । नाग्म–गमगडी राजमार्गमा अहिले रारा हेर्न आउने पर्यटकका गाडीहरु बाक्लो रुपमा देखिन थालिएको स्थानीयवासीले बताएका छन् ।

रारा तालले दिनमा धेरै चोटि रङ्ग फेर्छ । कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो रारा तालले मौसम अनुसार दिनमै चार पाँच चोटी रङ्ग र्फछ । त्यही रङ्गफेर्ने रारा तालको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया  अनि रारा साँच्चिकै स्वर्गको अप्सरा जस्तै देखिन्छ र पर्यटकलाई मनै लोभ्याएको हुन्छ । Rara_Tal_Mugu-1920x1000

दशैँ लगतै पाँच हजारभन्दा बढी पर्यटकले रारा र सिञ्जा अवलोकन गरिसकेको प्रहरी चौकी गोठीज्यूलाको अनुमान छ । सिञ्जा क्षेत्रको गोठीज्यूला, जुम्ला र कालिकोटको सिमाना नाग्मबजार, रारा ताल र जुम्लाको खलङ्गा बजार तथा कर्णाली राजमार्गका विभिन्न स्थानमा अहिले रारा जाने र फर्किने पर्यटकको भीड बढेको व्यवसायीहरु बताउँछन् । नाग्म–गमगडी राजमार्गमा पर्यटक सवार गाडीहरु बाक्लो रुपमा गुडिरहेका छन्, तर बाटो हिलो र धुलोले सास्ती व्योहोर्नु परेको पर्यटकहरु बताउँछन् ।

कनकासुन्दरी गाउँपालिका–३ सिञ्जामा रहेको राराटफ शोभा होटलमा अहिले रारा जाने र आउने पर्यटकलाई खाना खुवाउन र बास बसाल्न चटारो भएको होटलका सञ्चालक भक्तबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार दैनिक ५०/६० बढीलाई खाना खुवाउने अवसर मिलेको छ । गोठीज्यूलामा अहिले करीब तीन दर्जन बढी सानातिना होटल रारा र सिञ्जा आउने पर्यटकले धानेका छन् ।

रारा आउने पर्यटक बढे पनि सडक स्तरवृद्धि नहँुदा आएर फर्किने मानिस फेरि नफर्किने गुनासो गर्दै आएका छन् । तर कर्णाली राजमार्ग दुईलेन, नाग्म–गमगडी राजमार्ग कालोपत्र भएमा पर्यटक अहिलेको भन्दा तीन गुणा बढ्ने अनुमान गरिएको छ । सोहीअनुसारको आर्थिक लाभ स्थानीय होटल व्यवासायी र किसानले लिनेछन् । यहाँको अग्र्यानिक स्याउ, सिमी, ओखर, मार्सी चामल बिक्री उत्तिकै बढ्नेमा दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस