MENU

पेशाले शिक्षक घनश्याम सुवेदी टर्कीपालन व्यवसायमा सफल हुदै

१ कात्तिक, काठमाडाैँ   म्याग्दीको  जिल्ला मङ्गला गाउँपालिका–५ अर्मनमा परीक्षणका रुपमा गरिएको टर्की पालन सफल भएको छ । शिशु कल्याण माविका शिक्षक घनश्याम सुवेदी टकी परीक्षणका रुपमा एक वर्षअघि दुई भाले र दुई पोथीबाट शुरु गरेको टर्कीपालन सफल भएपछि गत असार ६० वटा चल्ला ल्याएर पाल्न थाल्नुभएको छ । पेशाले  शिक्षक सुवेदीले विद्यालय समयबाहेकको अन्य समयमा टर्कीको रेखदेखमा खर्चिने गर्नुभएको छ । केही न केही नयाँ काम गर्ने स्वभावका सुवेदीले गाउँमा यसभन्दाअघि कसैले पनि नपालेको टर्की पाल्दा गाउँलेले अचम्म मानेको बताउनुभयो ।

Capture-651

कम लगानीमा राम्रो प्रतिफल प्राप्त हुने थाहा पाएपछि सुवेदी  व्यवसायतर्फ लाग्नुभएको हो । उनले भने, “मैले विशेषगरी अण्डाका लागि टर्कीपालन गरेको हुँ, अण्डाको राम्रो मूल्य पाइन्छ”, सुवेदीले भन्नुभयो । उहाँका अनुसार अण्डा  प्रतिवटा रु २०० का दरमा बिक्री हुन्छ । गाउँमा पहिलोपटक टर्कीपालन गर्दा केही असजिलो महसुस भए पनि अहिले भने कुनै समस्या नरहेको उहाँले बताउनुभयो । असारमा ल्याएका टर्कीका चल्ला अहिले पाँच किलोसम्मका भएका छन् । अण्डा र मासुका लागि टर्की बेचेर सुवेदीले वार्षिक एक लाखभन्दा बढी कमाइ हुने बताउनुभयो । सुवेदीको देखासिकीमा अहिले अर्मनका पाँच जना तथा छिमेकी गाउँका कृषकलेसमेत टर्कीपालन शुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस