MENU

तरकारीवालीको गाउँ अब नमुना होमस्टे बन्दै

मंशिर २३, काठमाण्डौ एकाएक सामाजिक सञ्जालबाट तरकारीवालीको रुपमा उदायकी कुसुम श्रेष्ठको गाउँमा होमस्टे निमार्ण र त्यसको प्रवद्धृन गरिने भएको छ । आन्तरिक र वाह्य पर्यटकलाई आर्कषित गरी स्थानिय स्तरमै आय आर्जन गरी दिगो पर्यटनको अवधारणालाई साकार पार्नलाई कार्यक्रम गर्न लागेको नेपाल मगर पर्यटन समाजका उपाध्यक्ष राजकुमार थापाले बताउनु भयो । मंशिर २४ गते पत्रकार, पर्यटनकर्मी लगायतको सहभागितामा भुम्लिचोक भैरवी होमस्टे भ्रमण कार्यक्रम तय भएको छ। । पछिल्लो समय नेपाली युवायुवतीहरुको आर्कषक गन्तव्यस्थलको रुपमा नेपालकै ग्रामिण होमस्टेहरु पर्न थालेपछि विभिन्न संस्था तथा सरकारले समेत होमस्टे प्रवद्धनको लागी काम गरिरहेको छ ।
भुम्लिचोकबाट माछापुच्छ्रे हिमालदेखि गौरिशंकर हिमालसम्मको हीमशृंखलाको अवलोकन गर्न सकिन्छ भने मगर र नेवार समुदायको बाक्लो बस्ती रहेको सो ठाउँमा विभिन्न लोपोन्मुख साँस्कृतिक कार्यक्रमहरु समेत हेर्न सकिन्छ । नेपाल सरकारले घुमफिर वर्ष मनाइरहेको सन्दर्भमा यस कार्यक्रमको आयोजना गरिएको समाजका महासचिव अनुप थापा मगरले बताए । उनले यस्तो कार्यक्रम समाजले हरेक वर्ष गर्दै आएकोमा यस वर्ष गोरखामा गरिएको बताए । भुम्लिचोक समुद्रि सतहबाट १६५० मिटर अग्लाइमा छ ।

प्रतिक्रिया दिनुहोस