MENU

धौलागिरि हिमालको आधार शिविर साहसिक पदयात्राको रुपमा विकास हुँदै

६ कत्तिक, काठमाडाैँ  मुदीमा अवस्थित  धौलागिरि हिमालको  उचाई (८,१६७ मिटर)आधार शिविर जाने पदमार्ग साहसिक पदयात्राको रुपमा विकास हुन थालेको छ । अग्ला पहाड र हिमालको फेदी हुँदै निर्माण भएको पदमार्गमा हिमाल आरोहण, धौलागिरिकाे  शिविरसम्मको पदयात्रामा जाने पर्यटक आकर्षित हुन थालेका हुन् ।धौलागिरि पदमार्गमा पूर्वाधार बन्दै गएपछि हत्केलामा ज्यान राखेर भिरमा हिँड्नुपर्ने बाध्यता क्रमशः हट्दै गएको छ भने पदयात्रा पनि सुरक्षित हुन थालेको छ ।

लफ

धौलागिरि पदमार्ग साहसिक पर्यटनको सम्भावनायुक्त क्षेत्र हो, यसको प्रचारप्रसार र अत्यावश्यक पदमार्गलगायतका पूर्वाधार निर्माणलाई पूर्णताः दिनतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।पदमार्गअन्तर्गत नाउराको भिर, इटाली क्याम्पदेखि स्विस क्याम्प जाने पदमार्ग र जापानी क्याम्पदेखि आधार शिविरसम्मको ग्लासियर क्षेत्र पदयात्राको लागि अनौठो र साहसिक भएको उहाँले बताउनुभयो ।पछिल्लो समय पदमार्गअन्तर्गत सबैभन्दा जोखिमयुक्त रहेको नाउराको भिरदेखि बगर, दोभान, सल्लाघारी, इटाली बेस क्याम्प हुँदै स्विस क्याम्पसम्मको पदमार्गलाई स्तरोन्नति गरिएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारमार्फत प्राप्त भएको रु ६५ लाख बढी बजेटबाट करीब १२ किलोमिटर पदमार्गलाई निर्माण र मर्मत गरिएको हो ।

जोखिमपूर्ण पदमार्ग र सञ्चारको पहुँच नभएको कारण आधार शिविर जानको लागि पर्यटकले हेलिकप्टरको प्रयोग गर्दै आएका छन् । आरोहणमा जाने अधिकांश पर्यटक हेलिकप्टरमार्फत जाने भए पनि धौलागिरिको फन्को लगाउने र आधार शिविर पुग्ने पर्यटक भने पदमार्ग हुँदै ओहोरदोहोर गर्छन् ।धौलागिरि पदमार्गमा मनोरम हिमशृङ्खलासँगै अग्ला झरना, जङ्गलको एकान्त वातावरण, नजिकै देखिने झारल, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदीको दृष्य पदयात्राको मुख्य आकर्षण रहेको छ । ग्लेसियर क्षेत्रमा रहेका हिमतालसमेत पर्यटकको आकर्षण बन्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस