MENU

नुवाकोट रसुवाको फिकुरी टेकिङ टेलको अवलोकन भ्रमण हुदै

नुवाकोट, नेपाल भ्रमण वर्ष २०२० मा आन्तरिक तथा बाह्य पर्यटकलाई ग्रामिण गन्तव्यको यात्रा गराउने उदेश्य सहित रसुवा नुवाकोट पर्यटन समाजले फिकुरी टेकिङ टेलको अध्ययन अवलोकन भ्रमण आयोजना गर्ने भएको छ । फागुन ११ गते नुवाकोट दरबार बाट सुरु हुने भ्रमण कार्यक्रममा पर्यटन व्यवसायी, पत्रकार तथा स्थानियहरुको सहभागिता हुने रसुवा नुवाकोट पर्यटन समाजका कार्यवाहक अध्यक्ष शिव लामिछानेले बताउनु भयो ।


फिकुरी ट्रेल सूर्यगढीबाट सुरु भई भाल्चे, किस्पाङ, फिकुरी, ठूलोगाउँ, घलेगढीमा पुगेर सम्पन्न हुने रसुवा नुवाकोट पर्यटन समाजका उर्जा तामाङले बताउनु भयो । नेपाल पर्यटन बोर्डको प्रर्वद्धन सूर्यगढी, किस्पाङ, उतरगया, कालिका गाउँपालिकाको समन्वयमा टान र एनएमएको सहयोगमा कार्यक्रम आयोजना गरिएको रसुवा टेक्सका संचालक युवा पर्यटन व्यवसायी गगन न्यौपानेले बताउनु भयो । पदयात्रा फागुन ११ गते सुरु भई १५ गते समापन हुदै छ । राजधानी नजिक भएर पनि नुवाकोट जिल्लामा पर्यटकिय गतिविधिहरु उल्लेख्य रुपमा संचालन हुन सकिरहेको छैन । पछिल्लो समय होमस्टेमा आन्तरिक पर्यटकहरु गई बस्ने गरेका छन् तथापी होमस्टेको सवै ठाउँमा उचित व्यवस्थापन हुन नसक्दा पर्यटकहरुको सहज बसोबास हुन सकिरहेको छैन । हिमाली जिल्ला रसुवामा भने पर्यटकहरुको राम्रो आवागमन हुने गरेको छ । लाङटाङ, तामाङ हेरिटेज टेल तथा गोसाईकुण्डमा स्वदेशी सँगै विदेशी पर्यटकहरुको राम्रो आवतजावत हुनेगरेकाे छ ।

प्रतिक्रिया दिनुहोस