MENU

७ मार्चमा सूर्यविनायक लाकुरीभञ्जाङमा वुमन हाईक हुदै

सुरज न्यौपाने, लेट्स हाईक र एडभेन्चर इभेन्ट्स नेपालको आयोजनामा मार्च ७ मा महिलाहरुको लागि हाइकिङ कार्यक्रम हुदै छ । भक्तपुरको सूर्यविनायकबाट सुरु हुने पैदलयात्रा लाकुरीभञ्याङ हुदै ढुङगेनीमा पुगेर समापन हुनेछ । ७ घण्टामा हाइकिङ कार्यक्रम समापन हुने अरुण उपाध्यायले बताउनु भयो । महिला शशक्तिकरणमा सघाउ पुग्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको उपाध्यायले बताउनु भयो ।

87007037_240560886969042_11743424134774784_nटुरिज्जम सिस्टरहुड नेपाल, गोल्डेनगेट होलिडेज ट्राभल, हाम्री बहिनी, सिस्टरहुड नेपाल तथा रोट्याक क्लव पनौतीको संस्थागत सहयोग रहेको कार्यक्रमको मिडिया पार्टनर अलवेज टुरिज्जम डट कम, आवोर टुरिज्जम, नेपालय टाइम्स, पर्यटन बजार रहेका छन् । महिलाहरु स्वतन्त्र भएर हिडडुल गरी पर्यटनमा सघाउ पुग्ने विश्वासले कार्यक्रम आयोजना गरिएको हो । हाइकिङमा एक सय भन्दा बढि महिला सहभागि हुनेछन् ।

प्रतिक्रिया दिनुहोस