MENU

स्वयम्भुदेखी लुम्बिनीसम्म साइकल यात्रा हुदै

काठमाण्डौ, ग्रेट बुदिष्ट टेल २०२० अन्तर्गत यस वर्षको साइकल यात्रा फागुन २३ गते स्वयम्भुनाथबाट सुरु हुने भएको छ । स्वयम्भुनाथको नेवा सिभिलाइजेसन र कपिलवस्तुको शाक्यमुनी सिभिलाइजेसनलाई साइकलका माध्यमबाट जोड्न कार्यक्रम आयोजना गरेको टेलका अभियन्ता विक्रम पाँणे काजीले बताउनु भयो । साइकलको माध्यमबाट साहसिक पर्यटनको विकासमा कार्यक्रमले सघाउ पुग्ने पाँणेले बताउनु भयो । तेस्रो संस्करणको साइकल यात्राले सयौ साइकल यात्रुलाई एकतामा जोड्ने उहाँले बताउनु भयो ।

गत वर्षको भन्दा यस वर्ष सहभागि संख्या वृद्धि हुने आयोजकको विश्वास छ । स्वयम्भुदेखी सुरु हुने साइकल यात्रा पहिलो दिन हेटौडामा गई बास बस्नेछ । अपहिल र डाउनहिलको मज्जाको लागि पहिलो दिनको यात्रा रोमाञ्चक हुने यस वर्षको साइकल कार्यक्रमको संयोजक गरिरहनु भएका भाष्कर बस्नेतले बताउनु भयो । दोश्रो दिनको यात्रा नारायणगढ हुदै प्रिपहर सामुदायिक होमस्टेमा पुगेर टुङगिने छ । तेस्रो दिन त्यहाँबाट लुम्बिनी पुगेर साइकल यात्रा समापन हुनेछ । फागुपूर्णिमाको दिन फागुन २६ गते लुम्बिनीमा साइकल दौड हुनेछ । गत वर्ष जस्तै यस वर्षपनि फुल मुन डे मा ७७.७७ किलोमिटरको साइकल दौड प्रतियोगिता हुने आयोजक दिपक राईले बताउनु भयो । प्रतियोगितामा प्रथम, दितिय र तृतिय हुनेलाई नगद सहित सम्मान गरिने राईले बताउनु भयो । साइकल यात्रीहरु फागु पर्व मनाएर सोही राति काठमाण्डौ फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस