MENU


रारा ताल जाने छोटो दूरीको पर्यटकीय मार्ग निर्माण

२ भदाै ,काठमाडाै। मुगु जिल्ला सदरमुकाम गमगढीबाट नेपालकै ठूलो ताल रारा जाने छोटो दूरीको पर्यटकीय मार्ग निर्माणको  अन्तिम चरणमा पुगेको छ । छायाँनाथ रारा नगरपालिका–९ स्थित नेपालकै ठूलो ताल रारा जान जिल्ला सदरमुकाम गमगढीबाट रारा विमानस्थलसम्म नौ किमी  र त्यहाँबाट माथिल्लो  तीन किमी भएर १२ किमी पार गरेर जानुपथ्र्यो । नगरपालिकाले गमगढी–तलितुम–माथीतुम हुँदै पासाहाल्नसम्म पर्यटकीय मार्ग निर्माण थालेपछि सदरमुकामबाट रारा पुग्न अब सात किमी दूरी छोटो हुने भएको छ ।

SONY DSC

रारा देशकै प्रमुख पर्यटकीयस्थल भएर पनि यहाँ खान, बस्नको भरपर्दो व्यवस्था नहुँदा स्वर्गमा आएर बाँस, गाँसको समस्या भोग्नुपरेको पर्यटकले गुनासो गर्दै आएका थिए । सदरमुकामबाटै छोटो दूरीमा रारा पुग्ने पर्यटकीय यो मार्ग निमार्ण सम्पन्न भएमा सदरमुकाममा रहेका सुविधासम्पन्न होटेलमा पर्यटक बास बस्न, रारा घुमेर पुन बास बस्न सदरमुकाममै आउन सक्नेछन् ।

रारामा तालबाहेक अन्य पर्यटकीयस्थलको विकास र प्रचारप्रसार नहुँदा पर्यटक बसाई छोटाएर फर्कने गरेका थिए, सदरमुकाम बसाई भएमा यहाँ रहेका कालिका मालिका मन्दिर, छायाँनाथ, ऋणिमोक्क्ष र थार्प मष्टाकोे दर्शन गर्न पाउनुका साथै रु एकमा अङ्किल चङ्खेली हिमालको दृश्यावलोकन र भ्रमण गर्न सक्नेछन यसले गर्दा पर्यटकको बसाई लम्बिनुका साथै धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलको प्रचारप्रसार हुनेछ ।

यो मार्ग बनेमा सदरमुकामबाट सिधै रारा जाँदा बाटोमा पर्ने तलितुम, सायाँखोला र माथीतुम गाउँहरुको ग्रामीण रहनसहन, चालचलन, धर्म संस्कृति देख्न पाइने छ भने यो मार्गको निर्माणले ग्रामीण पर्यटनमा पनि टेवा पुग्न देखिन्छ । रारा घुम्न आउने पर्यटकलाई सदरमुकामतर्फ तान्न र पर्यटकलाई यहाँ रहेका राराबाहेकका अन्य धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलमा ध्यान केन्द्रित गराई मुगु बसाई लम्बाउने, जिल्लाको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यले गमगढी–माथीतुम–पासाहाल्ना– रारा पर्यटकीय मार्ग निर्माण कार्य थालिएको छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले बताउनुभयो ।

गत आवमा नगरपालिकाले यो मार्ग निमार्णका लागि रु ५९ लाख रकम विनियोजन गरेको थियो भने यो वर्ष पनि यो मार्गलाई निरन्तरता दिई निर्माणका लागि बजेट छुट्याएको छ । स्थलगत अनुगमन गर्दा काम सन्तोषजनक पाइएको र चालू आवमा सम्पन्न हुने गरी कामको गति बढाउन निर्माण उपभोक्ता समितिलाई सल्लाह दिएको नगर प्रमुख शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “चालू आवमै यो मार्ग सम्पन्न भएर वैशाखबाट नै रारा जान प्रयोगमा आउँछ ।

प्रतिक्रिया दिनुहोस