३० भदाै,काठमाडाैँ। लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै यहाँका व्यवसायीले तयारी थालेका हुन ।गत चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेका भए पनि सोही महिनाको २८ गतेदेखि पुनः बन्द भएका थिए । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल सञ्चालन गर्न दिने भएसँगै आजबाट तयारी थालिएको छ । कर्मचारी बोलाएर होटलहरुले सरसफाइसँगै आवश्यक व्यवस्थापन गर्न थालेको उहाँले जानकारी दिनुभयो ।
होटल मात्र खुलेर नहुने भएकाले पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनसँग अनुमतिका लागि अनुरोध गरिएको उहाँको भनाइ छ । दशैँको मुखमा होटल खुल्ने तर ग्राहक आएनन् भने थप व्ययभार हुने भएकाले थोरै कर्मचारी राखेर सेवा शुरु गर्ने तयारीमा व्यवसायी रहेका छन् । सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले फेरि बन्द हुने भन्ने डरका कारण सीमित सेवा दिएर होटल खुल्ने जानकारी दिनुभयो । बिहीबारदेखि क्रमशः होटल खुल्दै जाने उहाँको अनुमान छ । सबै होटलका कर्मचारी बिदामा छन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले होटल खुलेसँगै पर्यटकीय गतिविधिका लागि अनुमति दिन आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभयो । डुृङ्गाका लागि पहिलो पटकको बोलपत्रमा निवेदन नपरेको बताउँदै उहाँले पुनः बोलपत्र आह्वान गरिने जानकारी दिनुभयो । निकुञ्जभित्र जीप सफारीका लागि बाटो बनाउने काम भइरहेको उहाँको भनाइ छ । बरालले भन्नुभयो, “सबैतिर सहज हुँदै गर्दा निकुञ्जले पर्यटकीय गतिविधि रोक्दैन सौराहामा ११० होटल छन् । यसैगरी साना ठूला एक सय हाराहारीका रेष्टुरेन्ट छन् । सौराहामा होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।
बेल्कोट, नुवाकाेट १८ वर्षे युवा उमेरकै सुरुवाती दिनबाट बाख्रापालनमा होमिएका अमृत तिवारी यतिखेर व्यवसायिक पशुपालनको लागि उदाहरणिय बनेका छन् । नुवाकोट जिल्लाको बेल्कोटगढी...
काठमाडौ, पर्यटन पत्रकार संघ (जाट–नेपाल)को सातौं वार्षिक साधारणसभाले नारायण भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।सर्वसम्मत निर्वाचित संघको प्रथम उपाध्यक्षमा...
१३ असोज, पाल्पा । प्रसिद्ध ऐतिहासिक, धार्मिक र पर्यटकीय भैरवस्थान मन्दिरमा रोट बिक्री गरेर १२ घर परिवारले मासिक रु ६० हजार आम्दानी गर्दै...
काठमाण्डौ, चितवनको सौराहास्थित नेशनल पार्कमा रहेको होटल रोयल सफारीे बिगत छ बर्ष देखि सन्चालनमा आयको छ । ४० ओटा कोठा भएको यस होटलमा...
काठमाडौँ, स्नेहा ट्राभल मिडियाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालभित्र प्रचलित खाना र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरमा लैजाने भएको छ । मिडियाले सन् २०१८...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline