MENU

आतिथ्य संस्कारको नमुना हरिज होम

४५ वर्षअघि सूर्यविनायक भक्तपुरमा जन्मिनु भएका हरिश्याम श्रेष्ठ हस्पिटालिटी क्षेत्रमा एक सुपरिचित नाम हो । नेपाल भ्रमण वर्ष १९९८ भन्दा एक वर्ष अगाडिबाट नगरकोटको प्रख्यात होटल क्लव हिमालयमा जनसम्पर्कबाट हस्पिटालिटी क्षेत्रमा प्रवेश गर्नुभएका हरिश्यामले होटल एम्बासडर, मार्कोपोलो, काठमाण्डौ गेष्ट हाउस, टे«क ओ टे«ल , फूलबारी, नारायणी होटलमा गरी करिब ७ वर्ष व्यतित गर्नुभयो ।

सेवा क्षेत्रमा पाएको ज्ञान र अनुभवले आफुलाई उद्यमी बन्न हौस्याएको उहाँको भनाई छ । पुख्यौली थलो भक्तपुर पर्यटकिय क्षेत्र भएकोले आफनै ठाउँमा अलग पहिचान सहितको होटल खोल्ने चाहना साकार हुन भने केही समय लाग्यो । ढिलै सहि तर आफुले सोचे जस्तो सेवा सुविधायुक्त होटल खोल्न केहि समय लागेकोमा उहाँलाई गौरव छ । विशेषत नेवारी संस्कृतिमा हुर्कनु भएको हरिश्याम श्रेष्ठले आफनो होटलमा आउने पाहुनालाई पनि आफनै संस्कृति अनुरुपको स्वागत, सत्कार, व्यवहार तथा खानपान समेत दिने गरी व्यवस्था मिलाउनु भएको छ । १० महिना अघिबाट संचालनमा आएको होटलको नाम ग्राहकले आफ्नोपनको महशुष गर्न सकोस भनेर हरिज होम राखिएकोे छ । काठमाण्डौ भक्तपुर सडक खण्डको सूर्यविनायकचोक बाट २०० मिटर भित्र रहेको हरिज होम स्थानिय स्वरुपमा निमार्ण गरिएको छ । बाहिरबाट झट्ट हेर्दा गेष्ट हाउस जस्तो देखिएपनि आन्तरिक हस्तकलाको सजावटले सजिलै ध्यान तान्छ । रातो ईट्टामा सजिएको हरिजहोममा १० वटा कोठाहरु छन् । एक रातमा बिस जना आरामदायी सुत्न सकिने होमका सवै कोठामा प्रयोग गरिएको फर्निचर, म्याटेस तथा ट्वाइलेटमा प्रयोग गरिएको सामान तिन तारे होटल बराबरको छ । खाना खाँदा गु्रपको आग्रह बमोजिम नेवारी सांस्कृतिक तथा नेपाली गित संगितको प्रस्तुती गरिन्छ । होमलाई नेवारी हस्तकलाको सानो संग्रहालयको रुपमा विकास गरिरहेको देख्न सकिन्छ । नेवारी पहिरन लाएको महिलाले खाना सर्भ गर्ने देखी लिएर स्थानिय परिकारहरुलाई समेत मेनुमा समावेश गरिएको छ । १० मिनेटको पैदल दुरीमा पूर्वपट्टि भक्तपुर दरबार स्क्वायर तथा १५ मिनेट पैदल दुरीमा पश्चिमतर्फ सूर्यविनायक मन्दिरमा पुग्न सकिन्छ । शहरको कोलाहाल वातावरणबाट शान्त, मनोरम तथा नेवारी संस्कृति, कला बुझ्नको लागी हरिज होम स्वदेशी तथा विदेशी दुवैको लागि उपयुक्त हुन सक्छ । भक्तपुर दरवार क्षेत्र युनेस्कोको विश्व सम्पदा क्षेत्रमा सुचीकृत भएकोले पनि यहाँको आफनै खाले मौलिकता तथा महत्व छ  । दरबार वरिपरिको कोलाहाल भन्दा शान्त वातावरणमा अवस्थित हरिज होममा आफैले खाना पकाउन सक्ने सुविधा समेत छ । स्वागतको समयमा पाहुनालाई नेवारी परम्परा अनुसार सम्मान गर्ने र विदाईमा भक्तपुरको चित्रअंकित काठको साँचो चिनो निशुल्क प्रदान गरिन्छ । एक पल्ट अनुभव गर्न जाने होइन त तपाई पनि हरिज होम ?

harishome12

harishome

प्रतिक्रिया दिनुहोस