काठमाडौँ । स्थानीय गौशालादेखि कमलपोखरीसम्मको मूल सडकलाई आज फोहरमुक्त सडक घोषणा गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा सो सडकलाई फोहरमुक्त सडक घोषणा गरिएको हो रुद्रमती सरसफाइ अभियान १३५ औँ हप्ता पुगेकाले यसलाई व्यवस्थित गर्न कमलपोखरीदेखि गौशालासम्मका बाटाका खम्बामा फोहर फाल्ने टिनका ४० भाँडा राखिएको छ । त्यसबीचमा पर्ने ४०५ पसलका अगाडि फोहोर फाल्ने बाल्टिन राखिने रुद्रमती सरोकार समाजले जनाएको छ ।
कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले धेरै रोगहाम्रो सरसफाइ, खानपान र जीवनशैलीले निर्धारण गर्ने भएकाले विकासलाई पनि त्यसअनुसार अगाडि बढाउनुपर्छ भन्नुभयो । पूर्व मुख्यसचिव लीलामणि पौडेलले सरसफाइ आफँैबाट सुरु गर्नुपर्ने भएकाले आफ्नो वरपरमा सफा राख्नु सबैको जिम्मेवारी भएको बताउनुभयो । कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले घोषणा गरेर मात्र नहुने भएकाले त्यसलाई निरन्तरता दिनु सबैको कर्तव्य भएको बताउनुभयो ।
समाजका अध्यक्ष वासुदेव मरासिनीले त्यस क्षेत्रको नियमित अनुगमन गरिने र कसैले नियम विपरीत काम गरे कारबाही ग बताउनुभयो । त्यहाँ जम्मा भएको फाहोरदैनिक रुपमा वातावरण संरक्षण अभियानले सङ्कलन गर्ने उहाँले बताउनुभयो । यस्तै आज डल्लु पुलमा पनि सरसफाइ कार्यक्रम गरिएको छ ।
मकवानपुर, मकवानपुर जिल्लाको थाहा नगरपालिका १ कुन्छाल गाउँमा होमस्टेको सुरुवात भएको छ । राजधानीबाट नजिकको पर्यटकिय क्षेत्र कुन्छाल होमस्टेको लागि उपयुक्त भएको गाउँ...
५ साउन, काठमाडाैँ।बन्दाबन्दीपछि जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालनमा आएको छ । सरकारी निर्णयानुसार जिल्लाभित्र चल्ने गरी सवारी साधन सञ्चालनमा आएका हुन् ।गत चैत...
नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज १६ सम्म २५ प्रतिशतसम्म उडान हुनेगरी तालिका स्वीकृत गरेको छ । त्यसपछि माग र औचित्यका आधारमा उडान तालिका...
चितवन । नेपालको तेस्रो पर्यटकीय नगरी सौराहामा पहिलो पटक थारुहरुको संस्कृति प्रचार गर्ने उद्देश्यले फगुवा साँस्कृतिक महोत्सव सुरु भएको छ । महोत्सव भोलि...
काठमाडौं । हिमालयन ट्राभल मार्ट आगामी जुन १ देखि ४सम्म काठमाडौंको सोल्टी होटलमा हुने भएको छ । नेपाललाई हिमालय क्षेत्रको प्रबेश मार्गको रुपमा...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline