रुकुम । सानीभेरी यातायात सेवा समितिले आजदेखि बस सेवा सुरु गरेको छ ।
दुई साता अगाडि खुलेको समितिले आज विभिन्न ठाउँका लागि रुकुमबाट गाडी छुटाउँदै बस सेवा सुरु गरेको हो । आज पहिलो दिन नेपालगन्ज, काठमाडौँसहित जिल्लाका आधा दर्जन बढी ठाउँका लागि गाडी प्रस्थान गरेको समितिका महासचिव वीरबहादुर मल्लले बताउनुभयो । बस सेवालाई आगामी दिनमा क्रमिक रुपमा अन्य ठाउँमा पनि विस्तार गर्दै जाने उहाँको भनाइ छ ।
काठमाडौँ र नेपालगन्जका लागि डिलक्स गाडी र स्थानीय सडकमा जिप सञ्चालन गरिएको समितिका अध्यक्ष मनबहादुर चदाराले बताउनुभयो । जिल्लामा सिस्ने हिमाल बस समिति, रुकुम यातायात प्रालि र प्रफि यातायात प्रालिले यातायात सेवा सञ्चालन गरिरहेका छन् ।
नुवाकोट, नुवाकोटको ऐतिहासिक क्षेत्र चिम्टेश्वर, देविघाट र नुवाकोट दरबारलाई समेटेर विकास क्षेत्र समिति गठन गरिने पर्यटनमन्त्री भानुभक्त ढकालले बताउनु भएको छ । शनिवार...
काठमाण्डौ, काठमाण्डौको व्यस्त जीवन र प्रदुषणबाट केही क्षण मुक्ती सोच्दै हुनुहुन्छ भने काठमाण्डौ नजिकैको सतुङगल क्षेत्रमा रहेको पथिक फाउन्डेसन एउटा उत्तम विकल्प हुनसक्छ...
काठमाण्डौ, ग्रेट बुदिष्ट टेल २०२० अन्तर्गत यस वर्षको साइकल यात्रा फागुन २३ गते स्वयम्भुनाथबाट सुरु हुने भएको छ । स्वयम्भुनाथको नेवा सिभिलाइजेसन र...
४५ वर्षअघि सूर्यविनायक भक्तपुरमा जन्मिनु भएका हरिश्याम श्रेष्ठ हस्पिटालिटी क्षेत्रमा एक सुपरिचित नाम हो । नेपाल भ्रमण वर्ष १९९८ भन्दा एक वर्ष अगाडिबाट...
१७ माघ, चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा माघ २९ गतेदेखि ११औँ सौराहा फुड फेस्टिबल हुने भएको छ । सौराहामा...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline