काठमाडौँ । उद्योग मन्त्रालयले औद्योगिक विकासका लागि मध्यकालीन र दीर्घकालीन योजना बनाउने भएको छ । मन्त्रालयले मुलुकमा औद्योगिक विकासका लागि चार वर्ष र २० वर्ष लक्षित योजना बनाउन लागेको हो । स्वदेशी, गैरआवासीय नेपाली र वैदेशिक लगानी भित्र्याउने योजना समेत सरकारले बनाएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको ३७ औँ साधारणसभाको उद्घाटन कार्यक्रममा आज उद्योगमन्त्री नविन्दराज जोशीले सरकारको लगानीका उद्योग ब्यूताउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य मन्त्रालयले निशुल्क रुपमा उपलब्ध गराउँदै आएको औषधिमा केही प्रकारका औषधिको मात्रै जिम्मेवारी लिँदा पनि टिक्न सकिन्छ ।” यी उद्योगलाई निजी क्षेत्रसँगको सहकार्यमा अघि बढाइने उहाँले बताउनुभयो । अहिले संविधान कार्यान्वयन र आर्थिक समुन्नति मुलुक विकासको चुनौतीका रुपमा रहेको उहाँले बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका कावा अध्यक्ष भवानी राणाले संविधान निर्माण भएको एक वर्ष भइसक्दा समेत आर्थिक विकास अघि बढ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “अझैसम्म मुलुक राजनीतिक मुद्दामा नै अल्झेको छ ।” ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सविन श्रेष्ठले हस्तकलालाई पर्यटनसँग एकाकार गरेर लैजान सकेमा सिङ्गो जिल्लाले काँचुली फेर्ने बताउनुभयो ।
१२ असोज, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणमा गरेको कामको प्रशंसा गर्नुभएको छ । आज चितवन राष्ट्रिय निकुञ्जको कार्यालय...
काठमाडौँ, काठमाण्डौमा रहेको शंखरापुर नगरपालिकाले शालीनदी र साँखु बजारलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भएको छ । स्थानीय क्षेत्रको कला र संस्कृतिको ऐतिहासिक...
–प्रकाश सिलवाल काठमाडौँ । पर्याप्त बजेट नहुँदा तीन वर्षभित्र विद्यालय पुनःनिर्माण गर्ने सरकारको लक्ष्य पूरा हुन कठिन देखिएको छ । क्षतिग्रस्त विद्यालयमा नयाँ...
१ साउन, काठमाडाै। चिया निर्यातमा भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline