१२ असोज, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणमा गरेको कामको प्रशंसा गर्नुभएको छ । आज चितवन राष्ट्रिय निकुञ्जको कार्यालय र यहाँ भण्डारण गरिएको वन्यजन्तुका महत्वपूर्ण अङ्ग (अखेटोपहार) को निरिक्षणपश्चात आयोजित कार्यक्रममा उहाँले संरक्षणमा आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
सो अवसरमा वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले मन्त्रालयले वन र वन्यजन्तु संरक्षणलाई प्राथमिकतामा राखेर काम अघि बढाएको जानकारी गराउनुभयो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल र निकुञ्जको सुरक्षार्थ रहेको श्रीजङ्ग गणका गणपति माधव थापाले निकुञ्जमा भएगरेका संरक्षण गतिविधि, भावी योजना र नेपाली सेनाले संरक्षणमा अपनाएको सुरक्षा रणनीतिबारे जानकारी गराउनुभएको थियो । सो अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषले संरक्षण कार्यमा गरेको प्रगतिबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको प्रजिअ विनोद प्रकाश सिंहले जानकारी दिनुभयो ।
तीनपटकसम्म शून्य चोरी सिकार वर्ष मनाउन सफल चितवन निकुञ्जले अन्तर्राष्ट्रिय क्षेत्रमै बाघ संरक्षणमा उल्लेखनीय योगदान गरेको भन्दै ‘क्याट्स अवार्ड’ समेत प्राप्त गरेको छ ।
काठमाडौँ । बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा चेम्बर प्रदर्शनी २०७४ शुरु भएको छ । उक्त प्रदर्शनीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभयो । मेलामा दक्षिण कोरियाले...
धादिङ, गणेश हिमाल पर्यटन विकास समितिले धादिङ जिल्लाको उत्तरी क्षेत्र रुवी भ्यालीलाई संरक्षित क्षेत्र बनाउन पहल थालेको छ । प्रशस्त्र पर्यटकिय सम्भावना रहेर...
काठमाण्डौ, प्याडेल फर पिस भन्ने नारासहित भोलिबाट टुर डे लुम्बिनी अभियानले काठमाण्डौबाट लुम्बिनीसम्म साइकल यात्रा आयोजना गर्न लागेको छ । स्वयम्भुबाट सुरु हुने...
काठमाडौं, नेपाल क्यानोनिङ एसोसिएसनले नुवाकोट जिल्लाको बुलबुले झरनामा तेस्रो क्यानोनिङ (छाँगावरोहण) महोत्सव गर्ने भएको छ । नेपालमा पर्वतारोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङजस्ता साहसिक पर्यटकीय...
१ साउन, काठमाडाै। चिया निर्यातमा भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline