MENU

मिर्गाैला रोगी टुर गाईड लाई दुई लाख सहयोग

काठमाडौं, नेपाल चाइनिज गाईड एशेसियसनले विश्व मिर्गौला दिवसको अवसर पारेर दुबै मृर्गाैला विग्रिएका टुर गाईड राजेन्द्र कुमार कार्कीलाई आज दुई लाख आठ हजार आठ सय रुपैया सहयोग रकम हस्तान्तरण गरेको छ ।
नेपाल चाइनिज गाईड एशोसियसनका कार्यकारी सदस्य इश्वरीप्रसाद ज्ञवालीको नेतृत्वमा राजेन्द्र कार्की सहयोग अभियान संचालन गरी टुरिष्ट गाइडहरुबाट चार दिनमा सो रकम संकलन गरिएको धु्रब पौडेलले बताउनु भयो  । 17161016_10211169866816813_1554335374_nकामकै सिलशिलामा केही महिनाअघि एक्कासी बेहोस भएपछि उहाँमा मृगौला फेल भएको पत्ता लागेको थियो । नेपाल चाइनिज गाईड एशोसियसनका अध्यक्ष आपुलाल अवालेले स्याङजा जिल्ला घर भई हाल स्वयम्भुमा बस्दै आउनु भएका ५४ वर्षीय कार्कीलाई उहाँकै निवासमा सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । हप्तामा तीन पटक डायलासिस गराउँदै आउनुभएका कार्कीको आर्थिक सहयोगको लागि एशोसियसनलाई अनुरोध गर्नुभएको थियो ।
अध्यक्ष अवालेसहित उहाँको निवासमा पुगेका पदाधिकारीहरुले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस