१३ असोज, काठमाडौँ । साझा यातायातले दसैँमा काठमाडौँ उपत्यकाबाहिर जाने यात्रुको चापलाई दृष्टिगत गरी आउँदो आइतबारदेखि बागलुङ र गोरखाका लागि बससेवा सञ्चालनमा ल्याउने भएको छ ।
दश वर्षको अन्तरालपछि यही असोज १६ गतेदेखि साझा यातायातले पुनःकाठमाडौँ उपत्यकाबाहिर सेवा विस्तार लागेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयपछि सुरु गर्न लागिएको उक्त सेवा विस्तारको प्रारम्भिक परीक्षणमा काठमाडौँदेखि बागलुङका लागि दुई र काठमाडौँ—गोरखाका लागि दुईवटा बस सञ्चालन हुनेछन् ।
यही असोज १६ गतेदेखि काठमाडौँबाट बिहान ६ः३० बजे बागलुङका लागि दुई र गोरखाका लागि बिहान ७ बजे दुई बस सञ्चालन हुनेछन् । विभिन्न आन्तरिक कारणले गर्दा विसं २०६२÷६३ बाट पूर्णरूपमा लामो रुटमा साझाका बस सञ्चालन हुन छाडेको थियो । काठमाडौँ उपत्यकामा भने विसं २०७० वैशाखदेखि १६ वटा बस सञ्चालन भइरहेका छन् । साझाले अहिले उपत्यकाबाहिर सञ्चालन गर्न लागेको बस कुनै नयाँ नभई हाल उपत्यकामा सञ्चालन भइरहेको बस नै हो । एक हप्ताअघि भारतबाट ल्याइएका तीस बस भने परीक्षणका क्रममा रहेकाले दसैँपछि मात्र सञ्चालन हुने प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
विनाशकारी भूकम्पबाट क्षति पुगेको ऐतिहासिक धार्मिक महत्व बोकेको शक्तिपीठ नुवाकोटको भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा तामाको पातामा सुनको जलपसहितको...
भदाै १८, काठमाडाैँ। फिटवेल गामेन्ट प्रालीले निषेधाज्ञामा पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ। बिभिन्न संचारमाध्यममा बजारमा रगतको अभाव भयो भन्ने थाहा पाएपछि निषेधाज्ञाको...
काठमाडौ, हस्पिटालिटी फाउण्डेसन अफ नेपालको आयोजनामा गेस्टोनोमी मोर्डन नेपाली फुड फेस्टको आयोजना हुने भएको छ । होलीलाई लक्षित गरेर फागुन २७, २८ र...
१७ माघ, चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा माघ २९ गतेदेखि ११औँ सौराहा फुड फेस्टिबल हुने भएको छ । सौराहामा...
–कविता उपाध्याय पर्यटकीय सम्भावना बोकेको रोल्पा संरक्षण र संवद्र्धनको अभावमा पर्खाइमा रहेको छ । एकातिर राज्यले रोल्पामा पर्याप्त लगानी गर्न सकेको छैन भने...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline