१३ असोज, मुस्ताङ । हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको वार्षिक आम्दानी ६७ लाख रुपैयाँको हाराहारीमा हुने गरेको छ । मुक्तिनाथ विकास समितिले हालै सार्वजनिक गरेको वार्षिक आयव्ययमा रसिद सहयोगबाट सबैभन्दा बढी ५२ लाख ११ हजार रुपैयाँ आम्दानी भएको देखिएको छ । त्यस्तै, सुन बिक्रीबाट रु १२ लाख सात हजार र बैंक ब्याजबाट रु तीन लाख ८० हजार गरी ६७ लाख रुपैयाँ आम्दानी भएको समितिका अध्यक्ष एवम् मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सहयोगदाताबाट स्वतःस्फूर्तरूपमा सहयोग आउने क्रम बढेको छ । मुक्तिनाथ विकास समितिको खातामा यसअघि एक करोड ३५ लाख ९१ हजार रुपैयाँ मौज्दात थियो । एक वर्षको अवधिमा तलबभत्ता, कार्यालय सञ्चालन खर्च, सवारी भाडा, बिजुली, सरसफाइ, मेला व्यवस्थापन, बंैक कर, अनुगमन तथा भ्रमण, सञ्चालन मर्मत, फर्निचर, लेखापरीक्षण गरी १२ लाख ७७ हजार रुपैयाँ खर्च भएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
“एक करोड ९० लाख ३२ हजार रुपैयाँ अझै हाम्रो खातामा छ, यसलाई आवश्यकताको आधारमा खर्च गर्दै जानेछौँ”, प्रजिअ अधिकारीले भन्नुभयो ।
मुक्तिनाथको आन्तरिक आयबाट चालु आर्थिक वर्षमा मन्दिरको छाना मर्मत, धारा तथा धुप बाल्ने ठाउँ निर्माण, सार्वजनिक चौतारा निर्माण र कार्यालय सञ्चालनका लागि रु ३७ लाख ४५ हजार बजेट विनियोजन गरिएको बताइएको छ । मुक्तिनाथमा दुईजना सहयोगी कर्मचारी, मुख्य पुजारीसहित केही आनीले काम गर्दै आएका छन् । कागबेनीमा पितृतर्पण र स्नानपछि अधिकांश भक्तजन मुक्तिनाथ पुग्ने गरेका छन् । मुक्तिनाथमा नेपालका साथै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजन दर्शनका लागि आउने गरेका छन् ।
असोज, मुस्ताङ । जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष ४०० मेट्रिक टन...
काठमाण्डौ, होमस्टे एसोसियसन नेपालले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमम होमस्टे पर्यटनको नयाँ प्रडक्ट भएको सरोकारवाला निकायहरुले बताएका छन् । पर्यटनको पछिल्लो...
१० माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डले एकैपटक २५ अधिकृत मागेको छ । सोमबार विज्ञापन प्रकाशित गरी २५ जना अधिकृतका लागि दरखास्त आह्वान...
सुरज न्यौपाने, काठमाण्डौ । नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (एनसिटिटिएम)को आयोजनामा आजबाट राजधानीमा पर्यटन शैक्षिक मेला सुरु भएको छ । मेलाको...
चितवन । नेपालको तेस्रो पर्यटकीय नगरी सौराहामा पहिलो पटक थारुहरुको संस्कृति प्रचार गर्ने उद्देश्यले फगुवा साँस्कृतिक महोत्सव सुरु भएको छ । महोत्सव भोलि...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline