MENU

काभ्रेको कोलातीमा बस दुर्घटना

यानप्रसाद ढुङगेल, कोशीपारी यातायातको यात्रुबाहक बा ३ ख १५६८ नम्बरको बस अपरान्ह २ बजे काभ्रेपलान्चोक जिल्लाको कोलाती मुलावारी स्थित खड्काटोलमा दुर्घटना भएको छ । क्षमताभन्दा बढि यात्रु लिएर काठमाण्डौबाट रामेछापको रिष्टे दोरम्बा हिडेको बस बे्रक फेल भएर २० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । बसको पछिल्लो भाग कुच्चिएर खेतमा पल्टीएक पनि यात्रुहरु भने सकुशल रहेको बताइएको छ । हाल सो स्थानमा बर्षा र हाबाहुरी आइरहेकोले यात्रुहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस