काठमाडौं, तामाङ समुदायको पहिलो महिलाका रुपमा कान्छीमाया तामाङले सगरमाथा आरोहण गरेकी छन् । सिन्धुपाल्चोककी तामाङले जेठ ६ गते बिहान ६ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन् ।
मानव बेचबिखन र खेलकुदजगत्मा लैङ्गिक असमानताविरुद्धको सन्देश विश्वभर पुर्याउने उद्देश्यले आफू सगरमाथा चढेको तामाङले बताइन् । फर्किंदा आफ्नो ‘अक्सिजन सिलिन्डर’ चोरिएका कारण धेरै समस्या भए पनि आफ्नो टोलीका प्रमुख पेम्बादोर्जे शेर्पाको सहयोगका कारण सकुशल आउन सफल भएको उनले अनुभव सुनाइन् । आरोहणका क्रममा धेरैपटक अप्ठेरो परे पनि आफ्नो समुदाय र उद्देश्यलाई सार्थकता दिन ३२ दिनको यात्रापछि चुचुरोमा पुगी फर्किएर आएको उनले जानकारी दिइन् ।
तामाङको टोलीप्रमुख रहेका १६ पटक सगरमाथको आरोहण गरेर चारओटा विश्व कीर्तिमान कायम गर्नुभएका शेर्पाले तामाङ समुदायबाट कान्छीमाया तामाङले सगरमाथा चढेपछि सो समुदायका अन्य महिलाका लागि पनि आरोहणका लागि बाटो खुलेको बताइन् । नेपाल पर्यटन बोर्डमा उनलाई विभिन्न महिला सम्बन्धि संस्थाले सम्मान गरेका थिए ।
ककनी, नेपाल क्यानोनिङ एसोसिएसनले नुवाकोट जिल्ला ककनी गाउँपालिका ५ को बुलबुले झरनामा तेस्रो क्यानोनिङ (छाँगावरोहण) महोत्सवमा १२६ जनाले सफलतापूर्वक सहभागिता जनाएको बताएको छ...
इलाम । किसानले यस वर्ष एक हजार ९९५ मेट्रिक टन सुन्तला उत्पादन गरी रु ११ करोड ९७ लाखको सुन्तला बिक्री गरेका छन् ।...
उज्जल तिवारी/काठमाण्डौ, ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) को आयोजनामा ट्रेकिङ गाईडलाई अन्तराष्ट्रिय स्तरको पर्वतिय पर्यटन सुरक्षा र प्राथमिक उपचार सम्बन्धि ४ दिने...
काठमाण्डौ, नेपाली मौलिक कला तथा संस्कृतिलाई अन्तराष्ट्रियकरण गर्ने उदेश्य सहित काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा एक्सिसेवल आर्ट एण्ड कल्चर नामक संस्थाको स्थापना भएको छ...
तेह्रथुम । एकै स्थानमा धेरै प्रजातिका गुराँस फुल्ने भएकै कारण पूर्वको पर्यटनमा ख्याति कमाएको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जथाभावी सडक निर्माण भएपछि...
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2019 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by AppBasis