पोखरा, पोखराको पर्यटकीय गतिविधिबारे जानकारी लिन म्यानमारका पर्यटन व्यवसायीका टोलीले पर्यटकीय स्थलको अवलोकन गरेको छ । नेपाल पर्यटन बोर्ड र हिमालयन एयरलाइन्सको संयुक्त प्रयासमा म्यानमारका पर्यटन व्यवसायी थिन थिन सिन्ट नेतृत्वको टोलीले काठमाडौंको भ्रमण सकेर आइतबार पोखरा आएको हो ।
म्यानमारबाट नेपालमा पर्यटकको आगमन बढाउने उद्देश्यका साथ नेपालको काठमाडौं, पोखरा र लुम्बिनी क्षेत्रका पर्यटकीय गतिविधि अध्ययन गर्न आएका सो टोली पोखरा बसाइका क्रममा फेवाताल, सराङकोट, विश्व शान्ति स्तुप, पर्वतीय सङ्ग्रहालय, पातले छाँगोलगायतका स्थलको अवलोकन भ्रमण गरेको छ ।
भ्रमणका क्रममा आज यहाँ आयोजित एक कार्यक्रममा म्यानमारका पर्यटन व्यवसायी थिन थिन सिन्टले पोखराका प्रकृति प्रदत्त संरचना, यहाँबाट देखिने सुन्दर हिमाली तथा पहाडी दृश्य, सुर्योदयको अवलोकन आदिले जो कोही पर्यटकलाई लोभ्याउने बताए ।
म्यानमारबाट वार्षिक छ÷सात हजारको सङ्ख्यामा पर्यटक नेपाल आउने गरेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलियाले बताए । उनका अनुसार नेपालमा अन्तर्रा्ष्ट्रिय पर्यटकको आगमनलाई बढाउन बोर्डले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । छ दिने नेपालको अवलोकन भ्रमण कार्यक्रमअन्तर्गत म्यानमारको पर्यटन व्यवसायीको टोली मङ्गलबार र बुधबार लुम्बिनीको भ्रमण गरी स्वदेश फर्कने छ ।
मण्डीखाटार, एक दशक अघि स्थापना भएको गेट कलेजले मिस्टर एन्ड मिस गेट २०१७ प्रतियोगिता सम्पन्न गरेको छ । होटल व्यवस्थापनका विद्यार्थीहरुको आन्तरिक प्रतिभा...
काठमाडौं, नेपाल एसोसिएशन अफ् राफ्टिङ एजेन्टस् (नारा)को २९ औं बार्षिक साधारणसभा तथा निर्वाचन भाद्र २० मा हुदै छ । नयाँ नेतृत्वको लागि गंगाप्रसाद...
५ फागुन, धादिङ । गाउँ पर्यटन प्रबद्र्धन मञ्च भिटोफ नेपालले धादिङ जिल्लाको सलाङ गाविसमा रहेको सलाङ होमस्टे र नलाङ गाविसको सिधा लेकको ऐतिहासिक...
काठमाडौं, २०५२ सालबाट सुरु भएको सरकार र माओवादी आन्दोलन तथा त्यसको सवैभन्दा बढि प्रभावित क्षेत्रलाई लक्षित गरेर गुरिल्ला पदमार्ग संचालनमा ल्याउन पदमार्ग...
लमजुङ, दुवै मृगौला फेल भई उपचार गराइरहनु भएकी मस्र्याङ्दी गाउँपालिका ९, सिम्पानी लमजुङकी २७ बर्षीया सरिता बराललाई लमजुङ अमेरिका सेवा समाजले आर्थिक सहयोग...
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2019 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by AppBasis