MENU

नेपाल पर्यटन बोर्डका पूर्व सिईओ निरौलाको फार्म हाउस र रिर्सोट संचालनमा

मोरङ, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुबास निरौलालाई यतिखेर कृषि तथा पशुपालनको कामले भ्याइ नभ्याई छ । मोरङको उखरमाउलो गर्मीमा एक व्यस्त किसान झै उहाँको दैनिकी बित्ने गरेको छ । गाई, कुखुरा, हाँस पालन तथा ताजा तरकारी खेतीमा समेत संलग्न निरौलाको दैनिकीले यतिखेर सामान्य नेपालीलाई समेत ध्यानाकर्षण गराइरहेको छ । कृषि र पशुपालनसँगै निरौलाले सिसौली फार्म रिर्सोट समेत सुरु गर्नु भएको छ । पर्यटन बोर्डबाट हटाइएपछि राजधानीका थोरै मात्र सार्वजनिक कार्यक्रममा देखिएका निरौलाले आफनो बढि जसो समय गाउँलाई नै दिन थाल्नु भएको छ ।

हक्की र आत्मविश्वासी निरौलाले सामाजिक सञ्जालमा आफना दैनिकीलाई निरन्तर अपडेट गर्दै कृषि र पर्यटन कर्म बाटै आर्थिक उन्नती हुन्छ भन्ने आत्मविश्वास रहकोले खुसी साथ कृषि तथा फार्म हाउसमा रमाएको बताउनु भयो । मोरङ जिल्ला उर्लाबारी नगरपालिका ४ सिसौलीमा निरौलाले सिसौली कृषि तथा पशुपालन फार्म र सिसौली फार्म रिर्सोट संचालनमा ल्याउनु भएको हो । उच्च सरकारी पदमा पुगेपछि नेपालमा खेतीपाती तथा व्यवसायमा नरमाउने समाजमा निरौलाको कामले प्रौढलाई उत्साह र युवाहरुमा हौसला भर्ने काम गरेको छ । उहाँकै फेसवुक वालबाट लिइएका केही तस्विरहरु ।

17458280_1870746139839833_4789404621106332673_n 17796053_1877381592509621_7671223122049529434_n 17201092_10154251978947093_4734305663359187007_n 17796485_1878609895720124_157965339867862766_n 18341853_1894660404115073_6535381367798711255_n 18056800_1886019501645830_3273187977921385101_n 17759790_1879036985677415_2283397439723138648_n 17799329_1879037055677408_3941585657542757755_n

 

प्रतिक्रिया दिनुहोस