MENU

पश्चिम नेपाल विकास ट्रष्टको तेस्रो साधारणसभा वुटवलमा हुँदै

वुटवल, पश्चिम नेपाल विकास ट्रष्टको तेस्रो साधारणसभा जेठ १५ गते वुटवलमा हुने भएको छ । रुपन्देही जिल्ला प्रशासनमा दर्ता भएको सो संस्था पश्चिम नेपालमा सामाजिक कार्यमा अग्रणी मानिन्छ । बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने, विद्यालयमा खानेपानी तथा कम्प्युटर व्यवस्था, स्वास्थय शिविर,आगलागी पीडितलाई राहत लगायत स्थानिय आवश्यकतालाई सम्बोधन गर्दै आइरहेको संस्थाका वरिष्ठ सल्लाहकार तथा पर्यटन व्यवसायी गोपालप्रसाद भुषालले बताउनु भयो ।

अन्तराष्ट्रिय संस्थाको नियमित सहयोग विना नै नेपालीमन र सहयोगले कार्यक्रमहरुलाई निरन्तरता दिन सफल भएको संस्थाको अध्यक्ष गौरीमाया थापाले बताउनु भयो । बेलायती सेनामा कार्यरत स्व. बेलसिंह थापा मगरले स्थापना गर्नु भएको संस्थाले आफनो कार्यक्षेत्रलाई थप फराकिलो बनाउँदै लगेको छ । वुटवल नगरपालिका १० शुक्रनगर स्थित एभरेष्ट बोडिङ स्कूलमा हुन लागेको साधारणसभाले संस्थाको कार्यप्रगति तथा भावि कार्यक्रम छनौट गर्ने पदम घिमिरेले जानकारी दिनुभयो ।

18716761_120332001055934866_1965416806_n

प्रतिक्रिया दिनुहोस