MENU

त्रिशुलीको धमिलाे पानीमा राफ्टिङ् सम्पन्न

धादिङ, नेपाल असोसियसन अफ राफ्टिङ् एजेन्सिज (नारा)को आयोजनामा आज भव्य रुपमा राफ्टिङ् कार्यक्रम सम्पन्न भएको छ । त्रिशुली नदीको बेल्खुबाट मलेखुसम्म भएको २९ औ राफ्टिङ् कार्यक्रम संस्कृति पर्यटन तथा नागरिक उड्डयन  मन्त्रालयका शंकर प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । त्रिशुली खोलामा  स परिवार राफ्टिङ् पछि सचिव अधिकारीले फोहोरहरु खोलामा यत्रतत्र फालिएको विषयलाई सरकारले गम्भिर रुपमा लिएको बताउनु भयो । नदी हाम्रो सभ्यता हो यसलाई वचाउन स्थानियहरुको समेत साथ सहयोग आवश्यक पर्ने भएकोले त्रिशुली नदी वचाउन साझेदारीमा काम गर्न मन्त्रालय तयार रहेको बताउनु भयो ।

पर्यटन विभागका अधिकृत रिशिराम भट्टराईले राफ्टिङ् कम्पनीहरुले स्थानियको साझेदारीमा नदी सफाईको नेतृत्व लिन सकेमा त्रिशुलीले पुर्नजन्म पाउने  बताउनु भयो । क्रसर, वालुवा खानी संचालन तथा नदी आसपासमा रसायनिक ढल मिसाउँदा त्रिशुलीको अस्तित्व संकटमा परेको त्रिशुली वचाउ अभियानका अध्यक्ष उत्तम कडेलले बताउनु भयो । नेपालका सवै नदीनालाई बचाउन आफुहरुले निरन्तर आवाज उठाइरहे पनि सरकारी वेवास्ता, नितिगत अप्ठयारा र स्थानियकाे असहयाेगकाे कारण त्रिशुली नदी सवैभन्दा प्रदुषित बनेको नाराका अध्यक्ष चन्द्र दाहालले बताउनु भयो । विदेशी नागरिकलाई त्रिशुली नदीमा राफ्टिङ् गराउँदा नेपालको बारेमा नै नकारात्मक सन्देश जान लागेकोले स्थानिय जनप्रतिनिधिको सहकार्यमा विशेष अभियान संचालन गरिने नाराका सचिव शिव अधिकारीले बताउनु भयो । त्रिशुली राफ्टिङ् काे लागी सहज र उपयुक्त गन्तव्य भएकोले १० वर्ष अघिको जस्तो ह्वाइट वाटरमा गराउन सके पर्यटकहरुको आकर्षण बढ्ने नेपाल पर्यटन बोर्डका अमिर द्योलाले बताउनु भयो । नेपालीहरूकाे समेत अाकषर्ण बढ्दै जानु पयर्टनकाे  निम्ति  खुसीकाे  विषय भएकाे बताउनु भयाे । यस वर्ष  पानी चाडै पर्न सुरू गरेकाेले समेत यस वर्षकाे राफ्टिङ् मा साेचे जस्ताे अानन्द नअाएकाे पर्यटन पत्रकाार कल्पना मर्हजनले बताउनु भयाे ।

धमिलाे खाेलामा सम्पन्न  राफ्टिङ् काे केही तस्विरहरू18741438_1344280265666853_598102263_n

18664688_1374553399257372_7832235863334374383_n20170527_15363220170527_12090818741525_10155506142421282_485557896_n18788080_10155506142606282_1466084367_n18740179_1374553352590710_7678067071583063087_n18788132_10155506142506282_1032439167_n18741589_10155506142461282_710913922_n

प्रतिक्रिया दिनुहोस