MENU

पदयात्रा सहयोगीका लागि क्लोथीङ्ग सेन्टर खोल्दै टान र किप

१३ असोज, काठमाडौँ । ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० र काठमान्डौ इन्भाईरन्मेन्टल एडुकेसन प्रोजेक्ट ९किप० ले संयुक्त रुपमा लुक्ला र काठमाण्डौमा पदयात्रा सहयोगीहरुको लागि ुक्लोथिंग सेन्टरु संचालनमा ल्याउने भएकाछन् । ्र_dsc4496
यस सम्बन्धि समझदारीपत्रमा दुइ संस्थाले शुक्रबार एक कार्यक्रमका बिच हस्ताक्षर गरे ्र समझारीपत्रमा टानको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद रिजाल र किपका अध्यक्ष बिमल नहर्कीले हस्ताक्षर गरे ्र यस्ता सेन्टरहरुले पदयात्रा सहयोगीहरुलाइ न्युनतम सफाई खर्च लिएर निशुल्क रुपमा तातो ज्याकेट, ट्राउजर, बुट लगायतका सामग्रीहरु उपलब्ध गराउनेछन् ्र पदयात्रा समापनपश्चात उक्त सामाग्रीहरु फिर्ता गर्नुपर्नेछ ।image006
किपले दुवै क्लोथीङ्ग सेन्टरहरुको ब्यबस्थापन हेर्नेछ भने टानले कर्मचारीहरुको तलब तथा घरभाडा व्यहोर्नेछ । साथै टानले लुक्ला स्थित आफ्नो बन्द भएको क्लोथिंग सेन्टरु मा भएका सम्पूर्ण सामग्री किपलाइ हस्तान्तरण गर्नेछ र आबश्यकता अनुसार नयाँ लुगा खरिद गर्नेछ ।
कार्यक्रममा बोल्दै टान अध्यक्ष रिजालले यस्ता क्लोथिंग सेन्टरहरुले नेपालबारे विश्व पर्यटन बजारमा नेपालबारे सकारात्मक संदेश प्रबाह गर्ने बिश्वास लिए । विश्वले थाहा पाउनेछन् कि हामीले हाम्रा कामदारहरुको उचित ख्याल राखेकाछौँ । यसले पयर्टन प्रबर्द्धनमा मद्दत पुर्याउनेछ रिजालले बताए ।
यस्ता क्लोथिंग सेन्टरहरुले आफुसंग न्यानो लुगा तथा जुत्ता नहुने तर उच्च हिमाली क्षेत्रमा काम गर्नुपर्ने हजारौं पदयात्रा सहयोगीहरुलाई सहयोग पुग्ने बिश्वास लिइएको छ ।
किपले पहिले देखि नै पदयात्रा सहयोगीहरुलाइ ठमेलस्थित आफ्नो कार्यालयबाट यस्तो सुबिधा प्रदान गर्दै आइरहेको छ । साथै अन्नपूर्ण क्षेत्रको लागि टान पोखराले यस्तो क्लोथिंग सेन्टर पोखरामा संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस