MENU

असार पन्ध्रमा रिभर फन विच रिर्सोटमा रोपाई जात्रा हुँदै

काठमाण्डौ, नेपालको पहिलो प्राइभेट विच रिर्सोट रिभर फनले असार पन्ध्रमा रोपाई जात्रा गर्ने भएको छ । विशेषगरी काठमाण्डौमा धान रोपाई गर्ने जग्गा कमी हुदै जाँदा काठमाण्डौवासीको रोपाईमोहलाई मध्यनजर गर्दै रिर्सोट नजिकै रोपाई जात्रा गर्न लागेको रिर्सोटका प्रबन्ध निर्देशक शंकर अधिकारीले बताउनु भयो । नेपाल कृषि प्रधान मुलुक र करिव ७० प्रतिशत जनता कृषिमा निर्भर भएपनि खाद्यान्नमा आत्मनिर्भर हुन नसक्दा बर्षेनी भारत लगायतका देशबाट खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेको छ ।

गोरखा जिल्ला गण्डकी गाउँपालिका वटरमा हुने रोपाई जात्रा काठमाण्डौबाट ९९ किलोमिटर र मनकामना केवलकारबाट ५ किलोमिटर वर रहेको रिर्सोटमा हुने छ । पञ्जेवाजा, डिजे नाचगान, हास्यँ कलाकारहरुको प्रस्तुती सहितको कार्यक्रम राखिएको रिर्सोटका प्रबन्धक अधिकारीले बताउनु भयो । रोपाई जात्रालाई लक्षित गरी रिर्सोटले एक जनाको रु ३५०० रुपैयाको फुल प्याकेजको समेत व्यवस्था गरेको छ । अग्रिम वुकिङ खुल्ला गरिएको रिर्सोटले जनाएको छ । रिर्सोटल ०१४४४४६१८, ९८५११६४०३० र ९८०१०३५६९९ नम्वरमा मार्फत सम्पर्क गर्न सकिने बताएको छ ।

रिर्सोटमा टेन्टमा सुत्न सकिन्छ भने नजिकै रहेको त्रिशुली खोलामा रयाफटिङ समेत गर्न सकिन्छ । पारिवारीक विश्रामको लागि प्रश्ख्यात रिर्सोटमा नेपालीहरुको आवागमन बढेको अधिकारीले बताउनु भयो । शान्त र प्राकृतिक वातावरणमा आफनो समयलाई विताउन सक्ने गरी रिर्सोटको संरचना निमार्ण गरिएको छ । त्रिशुली नदी किनारामा अवस्थित रिर्सोटमा विदेशी पर्यटकहरुको समेत उत्तिकै चहलपहल हुने गरेको छ । पृथ्वी राजमार्गको मनकामना नपुग्दै ५ किलोमिटर वर अवस्थित रिर्सोट विशेषगरी गर्मीयाममा रमाइलो गन्तव्य बन्ने गरेको छ । नदी किनारामै रहेको निलो स्विमिङ पुलले गर्मीलाई उत्सवमय बनाउन सहयोग गरेको छ ।
रिर्सोटका केही तस्विरहरुः

17951740_1067189106758970_8146084657741102595_n 17884669_1064082150402999_1620712395039658987_n 16387288_1017338755077339_1234318542413441815_n 18194985_1080785648732649_565517781640995095_n 18882306_1103688659775681_3278965180695156108_n 17903390_1066066673537880_8067530198806338512_n 18194855_1080790578732156_1844523235543852299_n 18198223_1080786755399205_8975769862162113606_n

प्रतिक्रिया दिनुहोस