MENU

‘मकालु–कञ्चनजङ्घा’ को हीरक महोत्सव हुने

१३ असोज, काठमाडौँ । विश्व चर्चित नेपालको मकालु र कञ्चनजङ्घा हिमालको हीरक महोत्सव मनाइने भएको छ । आगामी मङ्सिर ३ र ४ गते काठमाडौँ तथा ६ गते सङ्खुवासभाको चिचिलडाँडा र ७ गते ताप्लेजुङको फुङ्लिङ बजारमा महोत्सव मनाउन लागिएको हो । विश्वको पाँचौँ अग्लो मकालु (८,४८५) र तेस्रो अग्लो कञ्चनजङ्गा (८,५८६) मि उचाइको हिमालमा पहिलो मानव पाइला टेकेको ६०वर्ष पुगेका अवसरमा हीरक महोत्सव मनाउन लागिएको मूल आयोजक समितिले जनाएको छ ।

Snow capped mountain of kanchanjunga range as seen in the southern end from lhonak

Snow capped mountain of kanchanjunga range as seen in the southern end from lhonak

विसं २०१२ जेठ १ गते फ्रान्सेली लियोनेल टेरे र जिन काउजीले मकालु हिमालको सफल आरोहण गर्नुभएको थियो । त्यस्तै जेठ ११ गते बेलायती जो ब्रिब र जर्ज ब्यान्ड ले कञ्चनजङ्घाको आरोहण गर्नुभएको थियो । आरोहणका दिन हीरक मनाउने तयारी भए पनि भूकम्प र नाकाबन्दी आदि कारणले ढिला मनाउन लागिएको हो ।makalu
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीको अध्यक्षतामा गठित मकालु–कञ्चनजङ्गा हीरक महोत्सव–२०७३ मूल आयोजक समितिले दिवसलाई भव्य र प्रभावकारी बनाउनेबारे आज सरोकार भएका निकायसँग गरेको अन्तक्र्रियामा भूकम्प र नाकाबन्दीबाट प्रभावित पर्यटनलाई प्रभावकारी प्रवद्र्धन गर्न महोत्सव उपयोगी हुने जनाउँदै यसलाई रचनात्मक कार्यक्रमका साथ मनाइनुपर्नेमा जोड दिइयो ।
मूल आयोजक समितिका सदस्य सचिव एवम् नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय जगत्मा प्रवद्र्धन गर्न महोत्सव उपयोगी हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस