MENU

गेट कलेजमा मिस्टर एन्ड मिस गेट २०१७ सम्पन्न

मण्डीखाटार, एक दशक अघि स्थापना भएको गेट कलेजले मिस्टर एन्ड मिस गेट २०१७ प्रतियोगिता सम्पन्न गरेको छ । होटल व्यवस्थापनका विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना हुँदै आएको ‘मिस्टर एन्ड मिस गेट’ प्रतियोगिताको यो वर्षको उपाधि मुर्तजा हम्रा र डेनिसा गुरुङले जितेका छन् ।
यसैगरी, गेट मिस्टर ट्यालेन्ट महेश पाण्डे, गेट पर्सनालिटीको उपाधि सञ्चय भारतीले जितेका छन् । मिस गेटको उपाधि विजेता अफगानिस्तान नेपालमा होटल व्यवस्थापन अध्ययन गर्न आएकी विद्यार्थी हुन् । यसअघि वर्ष पनि मिस गेटको उपाधि डेनमार्कबाट नेपालमा अध्ययनरत राकेल नोरेञ्जनाले जितेकी थिइन । कार्यक्रममा २०१६ का मिस्टर गेट रजत पोखरेल र मिस गेट शशीकला राईले उपाधि हस्तान्तरण गरेका थिए ।

IMG_20170615_131423

प्रतिक्रिया दिनुहोस