MENU

वौद्धनाथको गोल्डेन आइजमा गाइड मिट सम्पन्न

वौद्ध, विश्व सम्पदामा सुचिकृत वौद्धनाथ स्तुपामा अवस्थित गोल्डेन आइज रेष्टुरेन्टमा वृहत गाइड मिट सम्पन्न भएको छ । भाद्र १ गते सम्पन्न गाइट मिटमा विभिन्न भाषामा विदेशीलाई पथप्रर्दशन गर्दै आउनु भएका सय भन्दा बढिको उपस्थिति रहेको गोल्डेन आइजका प्रबन्ध निर्देशक रघु चौधरीले बताउनु भयो ।

वौद्धनाथ स्तुपामा अवस्थित गोल्डेन आइज रेन्टुरेन्ट रुफ टप रेष्टुरेन्ट मध्येमा पर्यटकहरुको सर्वाधिक रोजाईमा पर्न थालेको चौधरीले बताउनु भयो । काठमाण्डौ घुम्न आउने विदेशी पर्यटकहरु साइट सिनको क्रममा वौद्धलाई लन्ज स्थलको रुपमा प्रयोग गर्दै आइरहेका छन् । रेष्टुरेन्टमा विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मेनु अनुसारको परिकार अर्डर गरेको २० मिनेटमा तयार हुने गरेको रेष्टुरेन्टले बताएको छ । पर्यटकहरुलाई योगा, ध्यान शिविर संचालन गर्दै आउनु भएका गाइड वाशुदेव गौलीले आफु गोल्डेन आइजको सेवाबाट प्रभावित भएको बताउनु भयो ।
वौद्धनाथ क्षेत्रभित्र मात्रै ३० भन्दा बढि पर्यटकस्तरिय रुफ टफ रेष्टुरेन्टहरु रहेका छन् । भुकम्पपछि सवैभन्दा छिटै पुर्ननिमार्ण भएको वौद्धनाथ स्तुपा एसियाकै ठूलो स्तुपा हो । पछिल्लो समय नेपालीहरु समेत घुम्न आउने क्रम बढेको र नेपालीलाई छुटै मेनुको व्यवस्था गरिएको रेष्टुरेन्टले बताएको छ । मनसुन निष्क्रियसँगै विदेशी पाहुनाहरु बढ्न थालेका छन् । Bauddha_Nath_Stupa

 

प्रतिक्रिया दिनुहोस