MENU

राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन भाद्र ६ गते हुँदै

काठमाण्डौ, टुरिष्ट गाईड एसोसियसन अफ नेपाल (टुर्गान) को आयोजनामा भाद्र ६ गते राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन हुने भएको छ । केही वर्षयता नियमित जसो हुदै आएको सम्मेलनको नारा दिगो पर्यटनका लागि व्यवसायिक दक्षता तय गरिएको छ ।

कमलादीस्थित सि डब्लु पार्टी हलमा आयोजना हुन लागेको सम्मेलनको सवै तयारी पुरा भएको कार्यक्रमका संयोजक भाईकृष्ण खड्काले बताउनु भयो । तिन हजार तिन सय व्यक्तिले गाईडको लाइसेन्स प्राप्त व्यक्ति भएपनि टुर्गानमा एक तिहाइ मात्र सदस्य छन् । काठमाण्डौ उपत्यका लगायत पर्यटकिय शहरहरुमा विदेशीलाई घुमाउन गाइडको अनिवार्य आवश्यकता पर्ने गरेकोले युवाहरुमा गाइड पेशाप्रति आर्कषण बढ्दै गएको छ ।

काठमाण्डौ उपत्यका लगायत विश्व सम्पदामा सुचिकृत सम्पदाको भ्रमणमा लाइसेन्स प्राप्त गाईडहरुलाई मात्र पर्यटकलाई घुमाउने व्यवस्था गर्ने काममा टुर्गानलले सहकार्य गर्न आवश्यक रहेको डेढ दशकदेखी गाईड पेशामा आवद्ध प्रशान्त ढुङगानाले बताउनु भयो । पर्यटकहरुलाई सहि सुचना र आतिथ्य संस्कारको लागि तालिम प्राप्त गाइडहरुले मात्र घुमाउने व्यवस्था गर्न सकेमा नेपालको बारेमा थप सकारात्मक सन्देश प्रवाह हुने दिपेश थपलियाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस