MENU

निर्वाचित भएको १५ दिनपछि एनएमए पदाधिकारीले लिए सपथ

काठमाडौं, नेपाल पर्वतारोहण संघ (एनएमए)का नवनिर्वाचित पदाधिकारीहरुले आज १५ दिनपछि सपथ ग्रहण लिएका छन् । निर्वाचन सम्पन्न भएको केही दिनमै उत्पन्न भएको धाँधली सम्बन्धि विवादका कारण पदाधिकारीहरुको सपथ कार्यक्रम रोकिएको थियो । अध्यक्षमा पराजित जिम्बाजाम्बु शेर्पा समूहले निर्वाचनमा धाँधली भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी हालेका थिए ।

प्रतिवेदनमा एनएमएको निर्वाचन निष्पक्ष रुपमा सम्पन्न भएको र बदर हुन नसक्ने भन्दै फैसला गरेपछि आज पदाधिकारीले सपथ लिएका हुन् । सपथ पछि एनएमएका अध्यक्ष सन्तविर लामाले सत्यको जित भएको बताए । 20882963_1611678275529819_2744225256157421709_n

प्रतिक्रिया दिनुहोस