MENU

पर्यटन यातायात समिति पोखराको नवौ अधिवेशन सम्पन्न

पोखरा, पर्यटन यातायात समिति पोखराको नवौ अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनमा पर्यटक चढ्ने हरियो प्लेटको गाडीलाई निवार्ध संचालनको लागि सरकार र सम्बन्धित निकायको गम्भिर ध्यार्नाकर्षण गराइएको सचिव सुरेश दाहालले बताउनु भयो ।

अधिवेशनले बोबरजंग गुरुङको अध्यक्षतामा १२ सदस्यिय कार्यसमितिको चयन गरेको छ । समितिमा गणेश बहादुर सापकोटा प्रथम उपाध्यक्ष, बाबुराम पाण्डे दितिय उपाध्यक्ष, नवराज अधिकारी महासचिव, सुरेश दाहाल सचिव, दुर्गादत्त दाहाल कोषाध्यक्ष र दिपेन्द्र ढकाल सह कोषाध्यक्ष हुनुहुन्छ । त्यसैगरी सदस्यहरुमा सरोज पौडेल, प्रकाश कुमार श्रेष्ठ, कुमार आचार्य, तारा गौतम, सोभाखर भण्डारी निर्वाचित हुनु भएको हो । काठमाण्डौपछि पोखरामा सवैभन्दा धेरै पर्यटक सवारीसाधन दर्ता भएको छ ।

 

प्रतिक्रिया दिनुहोस