गौरी भट्ट, भक्तपुर जिल्ला क्षेत्रफलको हिसावमा सानो भएपनि विविध पर्यटकिय गतिविधिमा भने अग्रणी मानिन्छ । भक्तपुरको परिचय नगरकोटको प्राकृतिक सुन्दरताले थप उजिल्याउने काम गरेको छ । यसैक्रममा नगरकोटको फेदी खरीपाटीमा नेपालकै पहिलो योगा होमस्टे संचालनमा आएको छ ।
भारतको पर्यटकिय धार्मिक क्षेत्र हरिद्धार,क्रषिकेशमा योगा प्रशिक्षणको दिदै आउनु भएका राजन वास्तोलाले आफनै पुण्यभूमिमा योग सिकाउने उदेश्यसहित ८ महिना अघि सो होमस्टे संचालनमा ल्याउनु भएको हो । होमस्टेमा होटलको जतिकै सफा र सुविधाजनक कोठा उपलब्ध छ । भुकम्पपछि निमार्ण गरिएको दाजुभाईको घरमा ५ कोठामा १० पाहुनालाई राख्न मिल्ने बास्तोलाले बताउनु भयो ।
नगरकोट जाने बाटोको खरिपाटी चोकमा ओलिर्ने वितिकै हरियाली धान खेतको विचमा रहेको होमस्टेमा अग्र्यानिक तरकारी खेती समेत गरिदै आएको छ । आफु आर्युवेदिक चिकित्सा पद्धतिलाई अवलम्वन गर्ने व्यक्ति भएकोले पाहुनालाई विषादी रहित तरकारी खुवाउन लागिपरेको उहाँले बताउनु भयो । होमस्टे संचालनमा राजनको बुबा आमा तथा श्रीमती अनवरत रुपमा खटिरहनु भएको छ । पाहुनाको मुहारको मुस्कान नै आफुहरुको सम्पति भएको राजनको बुबाले बताउनु भयो । त्यहाँबाट नगरकोट पदयात्रा, चाँगुनारायण पदयात्रा प्रख्यात छ । नजिकै झरना तथा चारैतिर रहेको हरियाली बनजंगलले जो कोहीलाई मन लोभ्याइहाल्छ ।
स्वदेशीलाई प्रतिव्यक्ति १५ सय र विदेशीलाई पच्चिस सय रुपैयामा बस्ने बन्दोबस्त गरिएको बास्तोलाले बताउनु भयो । विशेष गरी योगा, प्राणायम गर्नेहरु लामो समय सम्म बस्ने गरेको राजनले बताउनु भयो । काठमाण्डौ नजिकै छुटि मनाउन जानेहरुलाई समेत उपयुक्त हुने होमस्टेमा तातो चिसो पानीले नुहाउने सुविधा समेत छ । होमस्टेको वरिपरि विभिन्न जातका फूल तथा फलफूलको बोट विरुवा देख्न पाइन्छ ।
स्वास्थ्यको लागि योगा एकदमै महत्वपूर्ण भएकोले योगा निशुल्क रुपमा सिकाउने गरेको होमस्टेको नाम नै निरु योगा होमस्टे राखिएको छ । अग्रिम बुकिङको लागि ९८५११०६४०८ मा राजन बास्तोलालाई सम्पर्क गर्न सकिन्छ ।
१२ असोज, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणमा गरेको कामको प्रशंसा गर्नुभएको छ । आज चितवन राष्ट्रिय निकुञ्जको कार्यालय...
नवराज घिमिरे सन् २०१० तिर फून्जो थात थलो चुम भ्यालीबाट अमेरिका उडीन । यहाँबाट सुरु भएको उनको जीन्दगी “दियर इज अल्वेज ग्रिनरी...
पवित्रा मुडभरी काठमाण्डौ, क्वेष्ट इभेन्ट म्यानेजमेन्टको आयोजनामा मिस भ्याली आइकन प्रतियोगिता हुने भएको छ । १३ जना प्रतियोगि रहेको आइकनमा १६ देखी २६...
१३ असोज, झापा । पर्यटन प्रवद्र्धनलाई बढवा दिने उद्देश्यले झापाका चारजना युवाले रु दुई करोडको लगानीमा ‘द वल्र्ड फन पार्क’ निर्माण गरेका छन्...
कार्तिक १२, काठमाडौँ । यो सिजनमा एक जना क्यानेडिएन नागरिकले अक्सिजन विनानै मनास्लु हिमाल आरोहण गरेका छन । मनास्लु हिमाल संसारको आठौं अग्लो...
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2019 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by AppBasis