MENU

नुवाकोटमा आरएमको एकल कविता वाचन सम्पन्न

विदुर, नुवाकोटका कवि तथा समालोचक आरएम डङ्गोलको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । त्रिशुली वाङ्मय प्रतिष्ठान, प्रगतिशील लेखक संघ नुवाकोट र साहित्य समाज नुवाकोटको संयुक्त आयोजनामा भएको एकल कविता वाचन कार्यक्रममा काठमाण्डौ र नुवाकोटका कवि तथा साहित्य प्रेमीहरुको जमघट रहेको थियो ।

विश्व विद्यालय  क्याम्पसका प्रिन्सीपल  प्राध्यापक कृष्ण प्रसाद आचायको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, विदुर नगरपालिका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहाल, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले कविको रुपमा आरएमको रचनाले वर्तमान समयको आवाज वुलन्द पारेको बताउनु भयो ।

जन्म दिने बुबा र आमालाई मञ्चमा राखेर कविता सुनाएका डङगोलले जन्मस्थलको साहित्यिक गतिविधिमा आफु थप क्रियाशिल हुने बताउनु भयो । त्रिशुली बाङमय प्रतिष्ठानका महासचिव राजेन्द्रमान डङगोलले आरएमको व्यक्तित्वमाथि बोल्दै बाल्यावस्थावाटै सरल, मिजासिलो तथा मृदुभाषिको पर्याय बन्न सफल डङगोल नेपाली साहित्यको श्रीवृद्धिमा निरन्तर लागि रहेको एक प्रतिभा भएको बताउनु भयो । कार्यक्रममा साहित्यप्रेमीहरुलाई विदुर नगरपालिकाको तर्फबाट मेयर र उपमेयरले संयुक्त रुपमा नुवाकोटको दरवार अंकित फ्रेम सहितको मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रमले स्थानिय कविहरुलाई थप हौसला प्रदान गरेको प्रगतिशिल लेखक संघ नुवाकोटका अध्यक्ष नवदिप अजनवीले बताउनु भयो ।  कवियत्री लक्ष्मी रुम्बाले संचालन गर्नुभएको कार्यक्रमको सभापतित्व त्रिशुली वाङमय प्रतिष्ठानका अध्यक्ष श्रीहरी फुँयालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस