MENU

रुवी भ्याली वासीले पाएनन टानबाट ४० लाख

–प्रणव वुढाथोकी

काठमाण्डौ, भुकम्पअघि ९५ प्रतिशत कार्यसम्पन्न भएको रुवी भ्याली टेल निमार्णमा संलग्न व्यक्तिहरुले टेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) बाट सम्झौता बमोजिम पाउनु पर्ने रकम नपाएको गुनासो गरेका छन् । ५ प्रतिशत मात्रै काम बाँकी रहेको र आफुहरुले पाउनुपर्ने रकम दिन बारम्बारको ताकेतालाई वेवास्ता गरिएको नेपाल पर्वतारोहण संघ गणेश हिमाल च्याप्टरका अध्यक्ष सुक तामाङले बताउनु भयो । टानबाट रुवी भ्याली बासीलाई काम वापतको उन्नानचालिस लाख उन्नान सत्तरी हजार छ सय अठहत्तर रुपैया दिन बाँकी छ ।

टान अध्यक्ष रमेश धमलाको नेतृत्वले नेपाल मार्केट डेभलप्मेन्ट प्रोगाम (सार्मथ्य) को साझेदारीमा पोटर सेल्टर, गोरेटो बाटो, भ्यू टावर तथा पुल निमार्ण कार्य भएको थियो । निमार्ण सम्पन्नमा संलग्न कतिपय व्यक्तिहरुको मृत्यु भइसक्दा पनि भुक्तानी नहुनु दुखद भएको तामाङले बताउनु भयो । उता टानको ३८ औ वार्षिक साधारणसभाको महासचिव र कोषाध्यक्षको प्रतिवेदनमा सो रकम गलत तरिकाले प्रयोग गरिएको उल्लेख छ । टानका महासचिव कर्ण लामाले आफुहरुको कार्यकाल अगाडी नै सो काम भएको तर स्रोत विना नै रुवी भ्याली वासीलाई काममा लगाउनु गलत भएको बताउनु भयो । आफुहरुले सो रकम तत्काल भुक्तानी गर्न नसक्ने बताउँदै लामाले सरोकारवाला निकायहरुसँग समस्या समाधानको लागि आफुले मध्यस्तता गर्न तयार रहेको बताउनु भयो ।

उता रुवी भ्यालीका युवाहरुले टानको कार्यकाल सकिन लागेको भन्दै यहि कार्यकालमा आफुहरुले पैसा नपाए अर्को कार्यसमितिले समेत नदिने भन्दै टानमा तालाबन्दी गरेर भएपनि समाधान खोजिने बताएका छन् । टिम्सको विवादमा परेको टानको लागी रुवी भ्यालीको समस्याले थप अन्योलता सिर्जना गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस