MENU

मिस भ्याली आइकन कात्तिक १ गते हुँदै

पवित्रा मुडभरी

काठमाण्डौ, क्वेष्ट इभेन्ट म्यानेजमेन्टको आयोजनामा मिस भ्याली आइकन प्रतियोगिता हुने भएको छ । १३ जना प्रतियोगि रहेको आइकनमा १६ देखी २६ वर्ष समुहका अविवाहित महिलाहरु सहभागि रहेको क्वेष्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्धक विकास श्रेष्ठले बताउनु भयो ।

अडिसनबाट छानिएका प्रतियोगिहरुलाई ¥याम्प वाक, पब्लिक स्पिकिङ, गु्रमिङ, मेकअप, जुम्बा, स्विमिङ, सामाजिक कार्य, फोटो सुट, मोटिभेसन, ट्यालेन्ट सो सहितको कक्षा संचालन भइरहको छ । कात्तिक १ गते हुने फाइनल प्रतियोगिता बाट मिस भ्याली आइकन सहित, फस्ट रनर अप, सेकेन्ड रनरअप को ताज वितरण गरिन्छ ।

एलिसा राईको कोरियोग्राफिमा हुने मिस भ्याली आइकन इभेन्टको मिडिया पार्टनरमा अलवेज टुरिजम डट कम रहेको छ । आफु भित्रको व्यक्तित्व निखारनमा कार्यक्रमले धेरै सहयोग पुगेको प्रतियोगितामा सहभागि डेन्टिस एलिजा डंगोलले बताउनु भयो । अरुसँग फरक तरिकाले सकारात्मक व्यवहार गर्न सिक्दै गरेको बताउँदै अर्की प्रतियोगि सुप्रिया खड्काले यस्ता प्रतियोगिताले महिलाहरु भित्र रहेको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने बताउनु भयो ।

22016656_1642140795816872_1103551210_n 22052781_1642142709150014_1971694742_n 22053088_1642142965816655_2112579024_n 21617775_10155910216156282_2937087796022535132_n

 

प्रतिक्रिया दिनुहोस