MENU

संरक्षणको पर्खाइमा पर्यटकीयस्थल बराहताल

baraahataalम्याग्दी, धौलागिरि हिमालको प्रतिविम्ब स्पष्टरुपमा देखिने पश्चिम म्याग्दीको मालिका–१, निस्कोटस्थित बराहताल संरक्षणको पर्खाइमा छ ।
करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको बराहतालले पर्यटकीय सम्भावना बोकेको छ । समुद्री सतहदेखि झण्डै दुई हजार २०० मिटरको उचाइमा रहेको ताल करिव २० मिटर गहिरो छ ।

त्यहाँबाट नेपालको दोस्रो अग्लो धौलागिरि, गुर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छे«, मानापाथीलगायतका आधा दर्जन बढी मनोरम हिमशृंखलाको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ ।
पर्यटकीय महत्व बोकेको बराहताल संरक्षणका लागि यसअघि साविक निस्कोट गाविसले तालसम्म पुग्ने पदमार्ग, तालको सुरक्षाका लागि घेराबार निर्माण र छिमेकी बागलुङ जिल्लाको सिमाना ताराखोलाको धुरीमा पुग्न पदमार्ग निर्माण भएपनि उचित संरणको अभावमा पर्यटकहरु सहज रुपमा त्यहाँ पुग्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस