MENU

साधना लघुवित्त गोरखामा

गोरखा, गोरखा सदरमुकाम हरमटारीमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ शाखा आइतबारबाट संचालनमा ल्याएको छ । शाखाको नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य रामजी रेग्मीले समुद्घाटन गर्नुभएको थियो । ग्रामीण क्षेत्रको उत्पादनलाई आर्थिक विकासमा रुपान्तरण गर्नका लागि वित्तीय संस्थाको महत्वपूर्ण भूमिका हुने बताउँदै उद्यमशिलताको विकास, पर्यटनको प्रर्बद्धनका लागि वित्तीय संस्थाले स्थानिय स्तरमा लगानी गर्न ढिलो गर्न नहुने रेग्मीले बताउनु भयो ।

नेपालको गरिबी निवारणका लागि लघुवित्त संस्थाले महत्वपूर्ण काम गरिरहेको वताउँदै लघुवित्तहरुलाई गाउँ घर केन्द्रित भएर कारोवार गर्न आग्रह समेत गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले गोरखावासीहरुको क्रियशिलतामा स्थापित यस वित्तीय संस्थाले पिछडिएका वर्गहरुमा वित्तीय साक्षरता प्रदान गर्दै ब्यवसायिक सफलताको लागि शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा गोरखा नगरपालिकाका उपमेयर श्री विना कुमारी श्रेष्ठले महिला शशक्तिकरण गर्न र पुँजीको अभावमा ब्यवसाय शुरु गर्न नसक्ने समुदाय हरुलाई यस साधना लघुवित्त सहयोगी रहने विश्वास ब्यक्त गर्दै ग्रामिण क्षेत्रमा दिगो विकास गर्न सक्षम होस् भनी सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

त्यसैगरी प्राइम कमर्सियल बैंकका सञ्चालक श्री नवराज बजगांई, नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष श्री प्रिय राज रेग्मी, गोरखा जिल्लाको स्वास्थ्य क्षेत्रमा अतुलनिय सेवा पुर्याउने श्री मोरिट मोडुलर, समाजसेवी श्री दिल वहादुर वस्नेतले वित्तीय संस्थाको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत श्री रेशम न्यौपानेले गोरखावासीको सुख दुखमा आफुहरुले साथ दिने बताउनु भयो । सञ्चालक समितिका अध्यक्ष कृष्ण वहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वित्तीय संस्थाकी वरिष्ठ प्रवन्धक श्री सरिता ढकालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस