MENU

काठमाण्डौ उपत्यकाको सात विश्व सम्पदामा सात दिने हेरिटेज वाक सम्पन्न

काठमाण्डौ, विश्व सम्पदामा सुचिकृत काठमाण्डौ उपत्यकाको सातवटा सम्पदाहरुको सात दिने हेरिटेज वाक सम्पन्न भएको छ । प्राचिन, पुरातात्विक तथा धार्मिक र सांस्कृतिक महत्व बोकेको स्वयम्भुनाथ, काठमाण्डौ दरवार, पशुपतिनाथ मन्दिर, बौदनाथ, पाटन दरवार, भक्तपुर दरवार, चागुँनारायण मन्दिर हरेक हप्ताको शनिवार भ्रमण गराइएको सिमसिमे ट्राभलका प्रबन्ध निर्देशक सुरज शाहीले बताउनु भयो । सो अभियानमा नेपाल कलेज अफ ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट (एनसिटिटिएम), केयु सिटी कलेज (कपन), जनकल्याण मावि (महाकाल)मा अध्यनरत विधार्थीहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमका संयोजक कृष्णचन्द्र निरौलाले बताउनु भयो ।

विद्यार्थीहरुलाई किताबी ज्ञानसँगै सम्पदाहरुको भ्रमणबाट बस्तुगत स्थिति र इतिहासको बारेमा बुझ्न सहयोग पुगेको सिमसिमे ट्राभलका निर्देशक प्रेम कुमार दनुवारले बताउनु भयो । माघको अन्तिम शनिवार पाँचखालमा ट्राभलले आलु खन्ने तरिका सिकाउने र आन्तरिक पर्यटनको प्रर्वदन गर्ने उदेश्यले भ्रमण गर्न लागेको दनुवारले बताउनु भयो ।

 

23915738_1601301316623627_5456206067530399594_n

 

 

25353728_1625428104210948_582119954675124874_n25660408_1632700270150398_598422035964373277_nDSC_0035

प्रतिक्रिया दिनुहोस