MENU

समाचार

दामनमा बाक्लो हिउँ जनजीवन कष्टकर

१५ माघ, हेटौँडा । त्रिभुवन राजपथको सिमभञ्ज्याङ, अघोर र दामनमा आज बिहान  परेको हिउपातले हेटौँडा–काठमाडौँ बीचको यातायात सेवा अवरुद्घ भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । करिब ६ इन्च बाक्लो हिउँ पर्नाले यहाँको जनजीवन कष्टकर भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । काठमाडौं र हेटौँडाबाट गइरहेका सयौँ सवारीसाधन सिमभञ्ज्याङ र अघोरमा रोकिएको पालुङ इलाका प्रहरी…

माघ १५, २०७३ - शनिबार

Always Tourism

धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास हुँदै हसिना सिमसार

१५ माघ, पथरी ९ मोरङ । उत्तरी मोरङको सुन्दर दुलारी नगरपालिका–५ स्थित हसिना सिमसार क्षेत्र पछिल्लो पटक धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास भइरहेको छ । मोरङको सुन्दरदुलारीस्थित महेन्द्र राजमार्गमा पर्ने बाँसबारी चोकबाट करिब पाँच किलोमिटर उत्तर लागेपछि सो स्थानमा पुग्न सकिन्छ । सो सिमसार क्षेत्र करिब ७५ बिघा क्षेत्रफलमा फैलिएको छ । बहुसङ्ख्यक देवीदेवताका मन्दिर,…

माघ १५, २०७३ - शनिबार

Always Tourism

पर्यटन विभागमा अब कम्प्युटर प्रणाली

१०  माघ, काठमाडौं । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन कम्प्युटर रेकर्ड प्रणाली  सुरु गरेको छ । पुरानो फाइलको व्यवस्थापन गरी सूचनालाई व्यवस्थित गर्न सम्पूर्ण कागजातलाई डिजिटलाइज गर्न थालिएको विभागका महानिर्देशक जयनारायण आचार्यले जानकारी दिनुभयो । “हाम्रा फाइलका सधैँभरि हार्डकपी नै प्रयोग भइरहेको छ, रेकर्ड पनि राम्रो छैन, कहाँ कति ट्राभल एजेन्सी छन्…

माघ १०, २०७३ - सोमवार

Always Tourism

पर्यटन बोर्डमा अधिकृतलाई जागिर

१० माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डले एकैपटक २५ अधिकृत मागेको छ । सोमबार विज्ञापन प्रकाशित गरी २५ जना अधिकृतका लागि दरखास्त आह्वान गरिएको हो । खुलातर्फ १४ जना अधिकृत मागिएको छ । यसैगरी महिला ४, आदिवासी र जनजाती ३, मधेसी २, दलित १ र अपांग १ गरी कुल २५ अधिकृत मागेको छ । अधिकृत…

माघ १०, २०७३ - सोमवार

Always Tourism

केन्द्रीय प्रसारण लाइनमा १०० मेगावाट थपियो

–रमेश लम्साल १५ पौष, काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहेको बेला निजी क्षेत्रका आयोजनाले भने एकपछि अर्को गर्दै राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जोड्न थालेका छन् । ऊर्जा मन्त्रालयमा निजी प्रवद्र्धकहरूले पछिल्लो पटक गराएको जानकारी अनुसार ५०…

पुस १५, २०७३ - शुक्रबार

Always Tourism

तरकारीवालीको गाउँ अब नमुना होमस्टे बन्दै

मंशिर २३, काठमाण्डौ एकाएक सामाजिक सञ्जालबाट तरकारीवालीको रुपमा उदायकी कुसुम श्रेष्ठको गाउँमा होमस्टे निमार्ण र त्यसको प्रवद्धृन गरिने भएको छ । आन्तरिक र वाह्य पर्यटकलाई आर्कषित गरी स्थानिय स्तरमै आय आर्जन गरी दिगो पर्यटनको अवधारणालाई साकार पार्नलाई कार्यक्रम गर्न लागेको नेपाल मगर पर्यटन समाजका उपाध्यक्ष राजकुमार थापाले बताउनु भयो । मंशिर २४ गते पत्रकार, पर्यटनकर्मी लगायतको…

मंसिर २३, २०७३ - बिहिबार

Always Tourism

रेन्बो ट्राउट हेर्न पर्यटकको घुइँचो

१४ मंसिर, तेह्रथुम । लालीगुराँस नगरपालिका–९, कालापानीमा सञ्चालित कोसी जोनल रेन्बो ट्राउट माछापालन केन्द्रमा माछा हेर्न पर्यटकको घुइँचो लाग्न थालेको छ । स्थानीय युवा व्यवसायी धर्मराज खड्काले कोसी पहाडमै पहिलोपटक व्यावसायिक रूपमा पालेका रेन्बो ट्राउट माछा हेर्न पर्यटकहरू आउन थालेका छन् । माछा अवलोकन तथा स्वाद चाख्नकै लागि भारतको बिहार, दार्जिलिङ, तराई र तेह्रथुमसहित आसपासका…

मंसिर १४, २०७३ - मङ्लबार

Always Tourism

वनसंरक्षणबाट २ करोड बढी आम्दानी

१४ मंसिर, चितवन । चितवन रत्ननगर–१७ सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वन संरक्षण गरेकै कारण वार्षीक २ करोड २७ लाख २७ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । वन संरक्षण स्थानीय सहभागिता बढेसँगै भूकम्प र नाकावन्दीका बाबजुत वनले पर्या–पर्यटनबाटै सो आम्दानी गर्न सफल भएको हो । पनमा वर्षभरमा १ लाख भन्दा बढी पर्यटकले हात्ती…

मंसिर १४, २०७३ - मङ्लबार

Always Tourism

प्यूठानको दलित बस्तीमा होमस्टे सञ्चालन

१३ मंसिर, प्यूठान । पुजा–३ बाग्लिवाङस्थित दलित बस्तीमा होमस्टे सञ्चालन भएको छ । स्थानीयहरुको सक्रियतामा यसै वर्षदेखि ६ वटा घरमा होमस्टे सञ्चालन भएको हो । ‘होमस्टेले उत्तरी प्यूठानका पर्यटकीय स्थलहरु अवलोकन गर्न आउने पाहुनाहरुलाई सहजता मिल्ने छ ’ होमस्टे सञ्चालक भुपी सुनारले भनिन्, ‘लिवाङको दिहाल्ना, डांडाकटेरी अवलोकन गर्दै आएका पाहुनाहरु यहाँ बस्छन् र अर्को दिन…

मंसिर १३, २०७३ - सोमवार

Always Tourism

‘मकालु–कञ्चनजङ्घा’ को हीरक महोत्सव हुने

१३ असोज, काठमाडौँ । विश्व चर्चित नेपालको मकालु र कञ्चनजङ्घा हिमालको हीरक महोत्सव मनाइने भएको छ । आगामी मङ्सिर ३ र ४ गते काठमाडौँ तथा ६ गते सङ्खुवासभाको चिचिलडाँडा र ७ गते ताप्लेजुङको फुङ्लिङ बजारमा महोत्सव मनाउन लागिएको हो । विश्वको पाँचौँ अग्लो मकालु (८,४८५) र तेस्रो अग्लो कञ्चनजङ्गा (८,५८६) मि उचाइको हिमालमा पहिलो मानव…

अशोज १४, २०७३ - शुक्रबार

Always Tourism

अवरुद्ध गोरखाको बारपाक सडक सञ्चालनमा

१३ असोज, गोरखा । गत असारदेखि अवरुद्ध रहेको गोरखा सदरमुकामदेखि बारपाकसम्मको सडक आजदेखि सञ्चालन भएको छ । बालुवादेखि बारपाकसम्म करिब १५ किलोमिटर सडक मर्मत गरेपछि बारपाकसम्म साना ट्रक, ट्र्याक्टर तथा जिप सञ्चालन भएका छन् । यद्यपि यात्रुबाहक बस सञ्चालनमा कठिनाइ रहेको छ । सडक सञ्चालनमा आएपछि खाद्यान्न र निर्माण सामग्री ढुवानी हुने भन्दै बारपाकवासी खुसी…

अशोज १४, २०७३ - शुक्रबार

Always Tourism

दशवर्षपछि उपत्यकाबाहिर साझा बस सञ्चालन हुँदै

१३ असोज, काठमाडौँ । साझा यातायातले दसैँमा काठमाडौँ उपत्यकाबाहिर जाने यात्रुको चापलाई दृष्टिगत गरी आउँदो आइतबारदेखि बागलुङ र गोरखाका लागि बससेवा सञ्चालनमा ल्याउने भएको छ । दश वर्षको अन्तरालपछि यही असोज १६ गतेदेखि साझा यातायातले पुनःकाठमाडौँ उपत्यकाबाहिर सेवा विस्तार लागेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयपछि सुरु…

अशोज १४, २०७३ - शुक्रबार

Always Tourism

वन्यजन्तुको संरक्षणमा सरकारले सहयोग गर्ने

१२ असोज, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणमा गरेको कामको प्रशंसा गर्नुभएको छ । आज चितवन राष्ट्रिय निकुञ्जको कार्यालय र यहाँ भण्डारण गरिएको वन्यजन्तुका महत्वपूर्ण अङ्ग (अखेटोपहार) को निरिक्षणपश्चात आयोजित कार्यक्रममा उहाँले संरक्षणमा आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले…

अशोज १४, २०७३ - शुक्रबार

Always Tourism

सानीभेरी यातायातको बस सेवा सुरु

रुकुम । सानीभेरी यातायात सेवा समितिले आजदेखि बस सेवा सुरु गरेको छ । दुई साता अगाडि खुलेको समितिले आज विभिन्न ठाउँका लागि रुकुमबाट गाडी छुटाउँदै बस सेवा सुरु गरेको हो । आज पहिलो दिन नेपालगन्ज, काठमाडौँसहित जिल्लाका आधा दर्जन बढी ठाउँका लागि गाडी प्रस्थान गरेको समितिका महासचिव वीरबहादुर मल्लले बताउनुभयो । बस सेवालाई आगामी दिनमा…

अशोज १२, २०७३ - बुधबार

Always Tourism

सावधानः तपाईँ सिसिटिभी क्यामेराको निगरानीमा !

–किरण भट्टराई काठमाडौँ । के तपाईँ सार्वजनिकस्थानमा गलत कार्य गर्दै हुनुहुन्छ ? गर्दैहुनुहुन्छ भन्ने सचेत हुनुहोस्, तपार्इँ क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेराको निगरानीमा हुनुहुन्छ । काठमाडौँ उपत्यकाको अति व्यस्तस्थल, संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्रमा सिसिटिभी जडान गर्ने कार्यलाई प्रहरीले तीव्रता दिएको छ । दुई सय ४१ ठाउँमा सिसिटिभी जडान रहेकोमा अब थप ९४ स्थानमा…

अशोज १२, २०७३ - बुधबार

Always Tourism