MENU


नेप्सेमा २ करोड १३ लाख कित्ता बोनस सेयर सूचीकृत

२७ वैशाख, काठमाडौँ । सोमबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा झण्डै २ करोड १३ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा प्राइम कमर्सियल बैंक, गणपति माइक्रोफाइनान्स र सहारा विकास बैंकको २ करोड १३ लाख ११ हजार ८७९।७९ कित्ता बोनस सेयर सूचीकृत भएको हो। नेप्सेमा प्राइम कमर्सियल बैंकको २ करोड ९ लाख ७७ हजार ८७४।२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। उक्त बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । त्यस्तै गणपति माइक्रोफाइनान्सको १ लाख ६६ हजार ११७।५० कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो माइक्रोफाइनान्सले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। यसैगरी नेप्सेमा सहारा विकास बैंकको २३ प्रतिशत बोनस बापतको १ लाख ६७ हजार ८८८।०४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

प्रतिक्रिया दिनुहोस